नेताहरूसँग लड्न सिक्नुपर्छ, नागरिक बन्न प्रश्न गर्न आवश्यक : सीके लाल
काठमाडौं। राजनीतिक विश्लेषक सीके लालले नेपाली समाजमा नागरिक चेतना अभाव र नेताप्रतिको अन्ध अनुगमनले लोकतन्त्र कमजोर बन्दै गएको बताएका छन्।
‘देश, मधेश र युवाको अवस्था’ विषयक विचार–विमर्श कार्यक्रममा बोल्दै उनले हरेक राजनीतिक दलमा ‘मालिक–नोकर’ प्रवृत्ति हाबी भएको टिप्पणी गरे। उनले नेपालमा नेता ‘मालिक’ र कार्यकर्ता ‘नोकर’ जस्तै व्यवहारमा सीमित भइरहेको बताए।
लालले भने, ‘हामीले सबैभन्दा पहिले नेताहरूसँग लड्न सिक्नुपर्छ। सत्ताले जहाँ भए पनि चाहे अमेरिकाको ट्रम्प होस् वा नेपालका शासक प्रजा खोज्छ, नागरिक होइन। नागरिक बन्न त प्रश्न गर्न सक्नुपर्छ।’
उनले नेपालमा नागरिक बन्ने अवधारणा नै नयाँ भएकाले धेरै मानिसले यसको अर्थ बुझ्न नसकेको बताए। उनले युवाहरूमाझ प्रश्न गर्ने संस्कार हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरे।
‘बच्चामा ‘यो किन ?’ भन्ने बानी हुन्छ, तर उमेरसँगै त्यो हराउँछ। नागरिक बन्नको लागि त्यही प्रश्न गर्ने बानी फर्काउनुपर्छ,’ उनले भने।
उनले नागरिक समाज बलियो बनाउन युवाले सत्ताप्रति निर्भीक भएर प्रश्न गर्नुपर्ने आवश्यकता औंल्याए।







डिसी नेपाल








Facebook Comment