त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण दुवै ठप्प

डिसी नेपाल
२२ कार्तिक २०८२ १९:५२
16.7k
Shares

काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण दुवै रोकिएको छ । विमानस्थलको ‘एयरफिल्ड लाइटिङ सिस्टम’मा गडबडीपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ उडान र अवतरण रोकिएको हो ।

प्रणालीमा प्राविधिक गडबडीका कारण अवतरण गर्न नसकिने भएपछि बाहिरबाट आएका विमानहरूलाई डाइभर्ट गरिएको छ । केही विमानहरू भने आकाशमै घुमिरहेका छन् । विमानस्थलमा साँझ साढे ५ बजेदेखि उडान अवतरण रोकिएको र प्राविधिकहरूले समस्या समाधानको प्रयास गरिरहेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.