संविधान रक्षा र प्रतिनिधि सभा पुनःस्थापनाका लागि हेटौंडामा ‘जनयात्रा’

डिसी नेपाल
२५ कार्तिक २०८२ १५:०४
20
Shares

हेटौंडा । नेकपा एमाले हेटौंडा नगर कमिटीले हेटौडामा प्रदर्शन गरेको छ। संविधानको रक्षा, प्रतिनिधि सभा पुनःस्थापना र प्रतिगामी कदमविरुद्धको नारासहित ‘जनयात्रा’ सञ्चालन गरेको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सभा सदस्य एकलाल श्रेष्ठले जेनजी आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनीका आदेश राप्रपा, रास्वपा र माओवादीका कार्यकर्ताले दिएको आरोप लगाए।

उनले भने, ‘जेनजी आन्दोलनको माग पूरा गर्न अहिलेको सरकारले सक्दैन। नेकपा (एमाले)को बहुमत सरकार आए मात्रै ति माग पूरा हुन सक्छन्।’

त्यस्तै, एमाले नेता रामेश्वर रानाले हेटौंडामा भएको शक्ति प्रदर्शन केवल स्थानीय स्तरको नभई देशव्यापी सन्देशसहित गरिएको बताए।

कार्यक्रममा सुनी लोप्चनले एमाले मकवानपुरका करिब दुई सय कार्यकर्ता मात्र सहभागीता रहेको बताए। स्थानीय नेताहरूले भने हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडाका कमिटीहरूको उपस्थिति रहेको बताएका छन्।

जनप्रदर्शनमा सहभागीहरूले हातमा राष्ट्रिय झण्डा र पार्टीको ब्यानर बोकेर ‘संविधानको रक्षा गर’, ‘प्रतिनिधि सभा पुनःस्थापना गर’ लगायतका नारा लगाएका थिए।

‘जनयात्रा’ पार्टी कार्यालय पुष्पलाल चोकबाट सुरु हुँदै ओम भवन र बुद्धचोकमा गएर कोणसभामा परिवर्तन भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.