प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीहरुबीच आसन्न निर्वाचनको विषयमा छलफल
काठमाडौं। प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीहरुबीच निर्वाचनको विषयमा छलफल भएको छ।
बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन र राष्ट्रिय सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने विषयमा छलफल भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
उनले भने, ‘प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीहरुबीच आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन र राष्ट्रिय सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने विषयमा छलफल भएको छ।’
त्यस्तै, उनले मतदाता नामावलीमा हालसम्मको प्रगती र यसलाई सफल बनाउनुपर्ने कामहरु लगायतका विषयमा पनि छलफल भएको बताए।
बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नको लागि सबैको सहयोग प्राप्त हुने कुरा राखेको उनले जानकारी दिए।







डिसी नेपाल








Facebook Comment