सांस्कृतिक प्रतिष्ठान अध्यक्षमा कडायत निर्वाचित

डिसी नेपाल
३० कार्तिक २०८२ १८:३७
64
Shares

धनगढी । नेपाली कला सांस्कृतिक प्रतिष्ठान सुदूरपश्चिम तदर्थ समिति अध्यक्षमा लोक डेउडा गायक पुरनसिं कडायत निर्विरोध चयन भएका छन्।

नेपाली कला सांस्कृतिक प्रतिष्ठान केन्द्रीय समिति सदस्य एवं सुदूरपश्चिम संयोजक कृष्णा सिराडीको अध्यक्षमा भएको कार्यक्रमको प्रमुख अतिथि डेउडा प्रतिष्ठान केन्द्रीय समिति अध्यक्ष लोक डेउड गायक सुरत रावत डोटेली कान्छा रहेका थिए।

नेपाली कला सांस्कृतिक प्रतिष्ठान सुदूरपश्चिम तदर्थ समिति अध्यक्षमा कडायत, उपाध्यक्षमा खडक बहादुर मल्ल, महिला उपाध्यक्षमा कान्ति गिरी, सचिवमा सुरेन्द्र ताम्राकार संगम, कोषाध्यक्षमा गौरी ओझा, सह-सचिवमा केशव भट्ट निर्विरोध चयन भएका छन्।

त्यस्तै सदस्यमा राजु चौधरी (राज), लक्ष्मी बिसी, डिल्लीराज जोशी, चन्द्र नाथ, सागर धामी चयन भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.