आज पशुपतिनाथका नागमणि प्रदर्शन गरिँदै

डिसी नेपाल
२ मंसिर २०८२ ९:३५
88
Shares

काठमाडौँ। पशुपतिनाथको मणि मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन सामग्रीको प्रदर्शन गरिँदै छ । पशुपति क्षेत्र विकास कोषले प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशी र मार्गशीर्ष कृष्ण आमावास्याका दिन नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन महत्वका गरगहना आदि सामग्री सर्वसाधारणलाई देखाउने परम्परा छ । यही परम्पराअनुसार आज बिहान १०ः०० देखि ११ः३० बजेसम्म सुरक्षा निकायको सहयोग लिएर नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन महत्वका गरगहना देखाउन लागिएको कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिए।

त्यसैगरी, मार्गशीर्ष कृष्ण आमावास्याका दिन मङ्सिर ४ गते बिहीबार बिहान ९ः०० देखि ११ः४५ बजेसम्म पनि सुरक्षा निकायको सहयोग लिएर नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन महत्वका गरगहना देखाइने उहाँले बताउनुभयो । मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन विगत एक वर्ष सुरक्षित रूपमा यी सामग्री राखिएको र मार्गशीर्ष कृष्ण आमावास्याका दिन आगामी एक वर्ष यी सामग्री सुरक्षित रूपमा राखिन्छ भनी यी सामग्री देखाउने परम्परा रहिआएको कोषले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.