एमाले नेता महेश बस्नेत चढेको विमान अवरतण गर्न नदिन जेनजीको प्रदर्शन, सिमरामा कर्फ्यु

डिसी नेपाल
३ मंसिर २०८२ १२:२९
2.3k
Shares

काठमाडौं । सिमरा विमानस्थल बन्द गरिएको छ । एमाले नेता शंकर पोखरेल र महेश बस्नेत चढेको विमानलाई विमानस्थलमा अवतरण गर्न नदिने भन्दै जेनजी युवाहरू प्रदर्शनमा पत्टिएपछि विमानस्थलको उडान प्रभावित भएको हो ।

एमाले नेताहरू बारामा आयोजना गरिएको एक कार्यक्रममा जाने भएपछि विमानस्थल घेराउ गरिएको हो । विमानस्थलमा एमाले नेताहरू अच्यूत मैनाली, किसान श्रेष्ठ र ज्वालाकुमारी साह रहेका छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरीले कडा सुरक्षा दिइरहेको छ।

स्थिति नियन्त्रणबाहिर गएको र नियन्त्रणमा लिने प्रयास भइरहेको बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङले बताएका छन् । तामाङका अनुसार बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले आज दिउँसो साढे १२ बजेदेखि कर्फ्यु आदेश जारी गरेका छन् ।

कर्फ्यू लागू हुने क्षेत्र
गण्डक नहरदेखि पथलैया सडकखण्डः राजमार्गको दायाँ-बायाँ ५०० मिटर

सिमरा विमानस्थल परिसरः चारैतिर ५०० मिटर क्षेत्र

कर्फ्यू अवधिमा अत्यावश्यक सेवासँग सम्बन्धित सवारी–साधन, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक सवारी, मानव अधिकार तथा कूटनीतिक नियोगका सवारी र हवाई टिकट बोकेका यात्रुहरूको आवागमन सुरक्षाकर्मीले सहजीकरण गर्ने प्रशासनले जनाएको छ।

प्रशासनले परिस्थितिलाई नियन्त्रणमा ल्याउन तथा सार्वजनिक सुरक्षालाई प्राथमिकता दिँदै सबैलाई कर्फ्यू आदेश पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको छ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.