म्यानमारमा फसेका ३७ जना नेपालीको उद्धार, थप २९ को उद्धारका लागि पहल गरिँदै

डिसी नेपाल
४ मंसिर २०८२ १४:२५
148
Shares

काठमाडौं । आकर्षक रोजगारीको प्रलोभनमा परी विभिन्न माध्यमबाट म्यानमारमा पुगी त्यहाँ अवैधरूपमा सञ्चालन भएका अनलाइन स्क्यामिङ्ग केन्द्रहरूमा विभिन्न अनलाईन डेटिङ, अनलाईन क्यासिनो, गेमिङ तथा फिसिङ, क्रिप्टो ठगी लगायतका काममा लगाइएका ३७ जना नेपालीको उद्धार गरिएको छ ।

गएको १९ अक्टोबरमा स्क्यामिङ्ग केन्द्रमा म्यानमार सुरक्षाकर्मीको छापा परेपछि भागी थाईल्याण्ड प्रवेश गरेका ३७ जना नेपाली नागरिकहरूलाई नेपाली राजदूतावासले थाइल्याण्डका सम्बन्धित निकायहरूको समन्वय र सहयोगमा उद्धार गरी आज बुधबार नेपाल एयरलाइन्सको उडान नं. आरए ४०२ मार्फत नेपाल फर्काएको हो ।

त्यसैगरी, म्यानमारको म्यावडीमा रहेका थप २३ जना, थाईल्याण्डको मेसोटमा रहेका २ जना तथा कम्बोडियामा रहेका ४ जना नेपालीहरूलाई यथासिघ्र नेपाल फर्काउने गरी म्यानमार, कम्बोडिया तथा थाईल्याण्डका सम्बन्धित निकायहरूसँग समन्वय भईरहेको छ।

नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभले कम्वोडिया, लाओस, म्यानमार, थाइल्याण्डलगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावास सम्बन्धित सबैमा पुन: अनुरोध गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.