राप्रपा निर्देशक समिति अध्यक्षबाट लोहनीको राजीनामा

डिसी नेपाल
८ चैत २०८२ १७:१३
2.2k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को निर्देशक समितिको अध्यक्षबाट डा. प्रकाशचन्द्र लोहनीले राजीनामा दिएका छन्।

गत २१ मा भएको प्रतिनिधिसभा निर्वाचनको परिणामबाट आफू स्तब्ध भएको उल्लेख गर्दै उनले राजीनामा दिएको बताएका छन्।

तदर्थ समितिमार्फत महाधिवेशन गर्नुपर्ने मागसमेत उनको छ। महाधिवेशनपछि प्राप्त पदमा मात्रै आफू रहने उनले दिएको राजीनामापत्रमा उल्लेख छ।

पार्टीको नेतृत्वमा तहमा रहेका पदाधिकारीले पनि तत्काल मार्ग प्रशस्त गर्नुपर्ने उनको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *