पत्रकार महासंघ जापानको अध्यक्षमा श्रेष्ठ

डिसी नेपाल
८ मंसिर २०८२ ७:५४
96
Shares

टोकियो। नेपाल पत्रकार महासंघ जापानको अध्यक्षमा रबिन्द्र श्रेष्ठ गोर्खाली निर्वाचित भएका छन्।

जापानको टोकियोमा आइतबार सम्पन्न महासंघ जापान शाखाको छैटौं अधिवेशनबाट आगामी तीन वर्षे कार्यकालका लागि नेपाल सन्देश डटकमका प्रधानसम्पादक श्रेष्ठ अध्यक्षमा विजयी भएका हुन्।

जम्मा ८६ जना सदस्य रहेको रहेको शाखाको मतदानमा ७७ मत खसेको थियो। जसमध्ये अध्यक्षमा श्रेष्ठ ४४ मतसहित निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी राजन गौतमले भने ३२ मत प्राप्त गरे। श्रेष्ठ अघिल्लो कार्यसमितिको उपाध्यक्ष र गौतम सचिव हुन्।

यसैगरी खुला उपाध्यक्षमा मनिषा चम्लागाईँ निर्वाचित भएकी छन्। उनले प्रतिस्पर्धी गोकर्ण अधिकारीलाई दुई मतले पराजित गरिन्।

चम्लागाईँले ३० मत पाउँदा अधिकारीले २८ मत पाएका थिए भने उपाध्यक्षकै प्रतिस्पर्धी विनोद सापकोटाले १९ मत पाए। यस्तै महिला उपाध्यक्षमा लक्ष्मी पौडेल विजयी भएकी छन् भने सचिवमा अर्जुन लामिछाने विजयी भए।

अन्य पदहरूमा भने सर्वसम्मत भएको थियो। नयाँ कार्यसमितिको सहसचिवमा विष्णुप्रसाद सापकोटा र फुर्वा शेर्पा, कोषाध्यक्ष भुलबहादुर राना निशान, सदस्यहरु दिनेश थापा, दुर्गाप्रसाद आचार्य, भवानी भट्ट, भुवन भण्डारी, रामचन्द्र गिरी, विनोद ढकाल सर्वसम्मत चयन भएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.