अमेरिकामा घन्किँदै शम्भुजित बास्कोटा

डिसी नेपाल
९ मंसिर २०८२ १९:१४
136
Shares

भर्जिनिया। शम्भुजित बास्कोटा चर्तित नेपाली संगीतकार, गायक तथा गीतकार हुन्। उनी विश्वका विभिन्न भूगोलमा आफ्नो प्रस्तुतिका क्रममा पुगेका छन्।
यसै क्रममा बास्कोटा अमेरिका पुग्ने भएका छन्।

उनी डिसेम्बर ५ तारिखमा वासिङ्टन डिसीस्थित तन्दुरी रेस्टुरेन्ट र पार्टी प्लेस 10312 Willard Way
Fairfax, VA 22030 आयोजना हुने एकल साझ कार्यक्रममा सहभागी हुने भएका हुन्।

बिग बेलले आयोजना गर्ने उक्त कार्यक्रम बेलुकी ५ बजेदेखि सुरु हुने हुनेछ। सपोर्टेडमा फोटो बैंक स्टुडियो, नेपाल एजुकेशन एन्ड कल्चर सेन्टर वासिङटन डिसी रहेका छन्। याेसँगै लाेकल लाेकप्रिय व्याण्ड माेक्षमन्त्रकाे पनि धमाकेदार प्रस्तुती रहनेछ।

त्यहाँ बास्कोटाका अच्छा लेकिन लन्डनको, जाउँ न ठमेल मा, ऐ संगिता, ऐ संगिता जस्ता चर्चित गीत दर्शक स्रोता माझ घन्किने छन्।

बास्कोटा नेपाली सिनेमाको सबैभन्दा लोकप्रिय संगीतकार र गायक हुन्। उनले तीन हजार ५५ भन्दा बढी नेपाली चलचित्र, दुई हजारभन्दा बढी नेपाली आधुनिक गीत, लोकगीत र भजन (धार्मिक गीत) मा संगीत दिएका छन्। कार्यक्रममा सहभागी हु्न ३५ डलर टिकट लाग्ने आयोजकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.