विवाहपञ्चमी महोत्सव : राम सीताको विवाह सम्पन्न, आज रामकलेवा (तस्विरहरुसहित)

डिसी नेपाल
१० मंसिर २०८२ ७:४९
28
Shares

जनकपुर। सप्ताहव्यापी रुपमा मनाईने विवाहपञ्चमी महोत्सवको छैठौं दिन मंगलबार माता सीताको स्वयमवरका साथै शुभ विवाह सम्पन्न भएको छ।

मंगलबार अबेर रातीसम्म जनकपुरधामको ऐतिहासीक जानकी मन्दिर प्राङ्गनमा लाखौं श्रद्धालुभक्तजनको भीडका बीच माता सीता र भगवान रामको मैथिली परम्परा अनुसार विवाह सम्पन्न भएको छ।

दुलही झैं सजाइएको जानकी मन्दिरमा भारत, नेपालका लाखौं श्रद्धालुभक्तजनको उपस्थिती रहेको थियो। विभिन्न देखिका पर्यटकहरुको पनि घुँईचो लागेको थियो।

मंगलबार दिँउसो बाह्रविघा मैदानमा माता सीताको स्वयम्वर गरिएको थियो। सो बेला हेलिकप्टरमार्फत बाह्रविघा मैदान, जानकी मन्दिर र राममन्दिरमा पुष्पवृष्टि गरिएको थियो।

आज विवाहपञ्चमी महोत्सवको अन्तिम दिन रामकलेवा रहेको छ। यस विधिमा अयोध्याबाट आएका सम्पूर्ण बारातीहरुलाई ५६ ब्यनजन खुवाएर दक्षिणासहित विदा गर्ने गरिन्छ।

भगवान राम र माता सीताको सम्झनामा प्रत्येक वर्ष जनकपुरधाममा धुमधामका साथ विवाहपञ्चमी मनाईने गरिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.