प्रहरी वृत गौशलाको नवनिर्मित भवनको उद्घाटन
काठमाडौं। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले प्रहरी वृत गौशलाको नवनिर्मित भवनको उद्घाटन गरेका छन्। प्रहरी वृत गौशालाको हाताभित्र पुर्ननिर्मीत संरचनाहरुको बुधबार बिहान उद्घाटन गरिएको हो।
उद्घाटन कार्यक्रममा थापाले भवन निर्माण कार्यमा सहयोग पु¥याउने विभिन्न व्यक्तिहरूलाई प्रशंसापत्र तथा कदरपत्र समेत प्रदान गरेका हुन्। नवनिर्मित भवनको उद्घाटन समारोहमा बोल्दै उनले जेनजी आन्दोलनपछि जलेर नष्ट भएका प्रहरी वृतहरुको पुर्नसंरचना निर्मांणमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिए।
उनले भने, ‘भदौ २४ गते सार्वजानिक संरचना तोडफोड, आगजनी हामीले कल्पना पनि नगरेको दिन हो। त्यसरी सम्पूर्ण सार्वजानिक सम्पति जलेर नष्ट भएको अवस्थामा यहाँहरु जस्तो व्यक्तिहरु आएर प्रहरीलाई फेरी जिम्मेवारीमा फर्काउन साथ, सहयोग र हौसला दिनुभयो त्यसैको उपज हो आजको दिन भन्ने मलाई लाग्दछ।’
उनले मुलुकमा सुशासन र भष्ट्रचाररहित राज्य संरचना, निष्पक्ष पारदर्शी सेवाको अपेक्षा सहित युवाहरुले आन्दोलन गरेको भन्दै त्यस कठिन समयमा मानवताको पहिचान भएको बताए।
‘वास्तवमा मानिसको पहिचान कठिन समयमा हुने रहेछ र मानवताको पहिचान पनि कठिन समयमा हुने रहेछ। हामीले देख्यौ, भोग्यौ भदौ २३ गतेको आन्दोलनको हामी सबैलाई ज्ञात छ। मुलुकमा सुशासन र भष्ट्रचाररहित राज्य संरचना, निष्पक्ष पारदर्शी सेवाको अपेक्षा सहित युवाहरुले आन्दोलन गरेका थिए,’ उनले भने।
उनले जिल्ला प्रहरी परिसर मातहत रहेको १२९ वटा भवनमा आगजनी र तोडफोड भएकोमा गौशला वृत, बालाजु, जनसेवा, बानेश्वरलगायत धेरै कार्यालयहरु स्वस्फुर्तरुपमा सुचारु गरिएको पनि जानकारी दिए।







डिसी नेपाल








Facebook Comment