सत्य गीता ग्रन्थ बजारमा

डिसी नेपाल
१० मंसिर २०८२ १२:२६
48
Shares

काठमाडौं । डा. मुरारी अधिकारीद्वारा तयार गरिएको सत्य गीता ग्रन्थ बजारमा आएको छ। गीतामोक्ष साधना ग्रन्थ हो। यस साधना ग्रन्थले कसरी मानिसको मनमा जन्मजन्मान्तरदेखि संग्रह भएका त्रिगूणी संस्कारहरू र म भाव रुप मूल अज्ञानलाई नष्ट गरेर समानान्तर रुपमा मनको समत्वको विस्तार गर्दै परमात्मासँग योग वा मोक्ष प्राप्त गर्न सकिन्छ भन्ने साधना विद्या वा विधि प्रदान गरेको लेखकले बताएका छन्।

भगवान् श्री कृष्णद्वारा वाचन गरिएको यो परम मोक्ष ग्रन्थले परमात्मा सृष्टिमा जसले मलाई भज्दछ, म पनि उसलाई त्यसरी नै भज्दछु (४।११) भन्ने कारणकार्यकारण नियम र अन्य शाश्वत नियमहरूको रुपमा क्रियाशील रहेको घोषणा गर्दै इन्द्रिय विषयका मिलनका क्षणमा मनमा उत्पन्न भएका रागपूर्ण वा सुखद् र द्वेषपूर्ण वा दुखद् अनुभूतिहरूलाई भोग गर्दा परमात्माका शाश्वत नियमहरूले मानिसको मनमा बन्धन (त्रिगणी संस्कारहरू र म भाव रुप मूल अज्ञान) र यिनै अनुभूतिहरूलाई भोग नगरी समदुखसुखम् स्थितिमा रहँदा मनमा समत्व वा मोक्षको उत्पत्ति, विस्तार आदि गर्ने सत्यको व्याख्या गरेको छ।

गीता प्रदत्त मोक्ष प्राप्तीका तिन प्रमूख साधनाहरू, सन्यासयोग (२।३८) , कर्मयोग (२।४८), भक्तियोग (८।७, ९।२७) को मूल साधना विधि पनि समदुखसुखम् नै रहेको छ।

लेखकको झण्डै अठार वर्षको अध्ययन, साधना, साधना अनुभूति आदिहरूबाट जन्मिएको यो पुस्तक झण्डै ५२०० वर्षको लामो समयपश्चात गीताको सत्य व्याख्या वा सत्य साधना व्याख्या पनि रहेको छ। सूक्ष्मतामा यो पुस्तकको स्वअध्ययन गरेर सत्यसँग परिचित हुन सकिने लेखक अधिकारीको भनाइ छ।

यस पुस्तकलाई शिखा बुक्सले बजारमा ल्याएको छ। जसको मूल्य १३७५। रहेको छ । यसअघि धर्मचक्र प्रवर्तन सुत्त, महासतिपठ्ठान सुत्त, विवेक चुडामणि र विपश्यना साधना जस्ता कृतिहरू प्रकाशित छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.