निर्देशक कृष्णदेव र गीतकार भोला नाथको सहकार्यमा तयार ‘राधिका’को चर्चा

डिसी नेपाल
११ मंसिर २०८२ १३:१६
80
Shares

काठमाडौं । नेपाल आइडलका विजेताद्वय करण परियार र गङ्गा सोनामले पहिलो पटक सहकार्य गरेको गीत राधिका सार्वजनिक गरिएको छ।

बुधबार एक कार्यक्रमको आयोजना गरी आइडल विजेता परियार र सोनामको युगल स्वर रहेको गीत ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो

परियार सिजन ५ र सोनाम सिजन ६ का विजेता हुन् भोला नाथ पाठकको शब्द र लेखु सहयात्रीको सङ्गीतमा तयार गीत तयार भएको हो कृष्णदेव रुपाखेतीको निर्देशन तथा पुनम श्रेष्ठको कोरियाग्राफीमा तयार भिडियोमा स्मारिका ढकाल र बद्री प्रसाद तिवारी फिचर्ड छन्

राधा कडरिया निर्माता रहेको भिडियोमा मीन रावलको सम्पादन छ तथा उत्सब दाहालको छायांकन रहेको छ गीतकार पाठकले प्रेमिल मुड जगाउने प्रकारको गीत भएकाले दर्शकले मन पराउने विश्वास व्यक्त गरे

गीत गायनमा करण र गङ्गाको पहिलो सहकार्य हो निर्देशक कृष्ण देव रुपाखेतीले अडियो नै अब्बल रहेको र गीतको भाव अनुसारको गुणस्तरीय भिडियो निर्माणमा कुनै पनि कम्परमाइज नगरेको दाबी गरे

प्रेम रोमान्सले भरिएको छमछम नचाउने खालको भिडियो ओएसआर डिजिटलबाट बजारमा आएको हो

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.