राष्ट्रपति पौडेलद्वारा श्रीलङ्कामा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले श्रीलङ्कामा हालै आएको बाढीबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले आज सामाजिक सञ्जाल एक्समार्फत त्यहाँ भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका हुन्।
‘दुःख र कष्टको यो क्षणमा श्रीलङ्काको सरकार तथा जनताप्रति सहानुभूति प्रकट गर्दछु। सङ्कटको यो समयमा नेपाल सधैँ श्रीलङ्काका साथमा छ’, राष्ट्रपति पौडेलले उल्लेख गरेका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment