राष्ट्रपति पौडेलद्वारा श्रीलङ्कामा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले श्रीलङ्कामा हालै आएको बाढीबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले आज सामाजिक सञ्जाल एक्समार्फत त्यहाँ भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका हुन्।
‘दुःख र कष्टको यो क्षणमा श्रीलङ्काको सरकार तथा जनताप्रति सहानुभूति प्रकट गर्दछु। सङ्कटको यो समयमा नेपाल सधैँ श्रीलङ्काका साथमा छ’, राष्ट्रपति पौडेलले उल्लेख गरेका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment