भोटेकोशी विपद् सम्बन्धी संसदीय विशेष समितिको कार्यविधि पारित
काठमाडौं। हिमालमा जलवायु परिवर्तनको प्रभाव,जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समितिले आफ्नो कार्यविधि पारित गरेको छ।
बिहीबार सिंहदरबारमा बेसको समितिको बैठकले सदस्यहरूले राखेको सुझावका आधारमा कार्यविधिलाई परिमार्जनसहित पारित गरिएको समिति सभापति गणेश पराजुलीले जानकारी दिएका छन्।
त्यस्तै समितिको टिओआरमाथि अर्को बैठकमा छलफल गरेर पारित गरिने उनले बताए। त्यस्तै उनले प्रतिनिधि सभामा रहेका विभिन्न क्षेत्रका विषयगत विज्ञ सांसदहरूलाई आमन्त्रित सदस्यको रूपमा सहभागी गराउन प्रस्ताव गर्दै आ-आफ्नो दलबाट सम्बन्धित विषयका विशेषज्ञ सांसदहरूको नाम प्रस्ताव गरी ल्याउन आग्रह गरेका थिए। समितिको अर्को बैठक शुक्रबार ३ बजे बग्ने तय भएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment