करदाता प्रोत्साहन उपहार कार्यक्रमका लागि आज बिल पेसको अन्तिम दिन
काठमाडौं। अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागले पाक्षिक रूपमा सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागिताका लागि बिहीबारसम्म बिल बुझाउनुपर्नेछ।
असोज १ गतेदेखि १५ गतेसम्मको उपहार कुपन आश्विन १६ गते खोलिने विभागले जनाएको छ। उक्त अवधिभित्र नगद भुक्तानी गरी वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताहरूले आश्विन १५ गते बिहीबारभित्र खरिद बिल सम्बन्धी विवरण प्रविष्ट गरी उपहार कुपन प्राप्त गर्न सक्नेछन्।
उपहार कार्यक्रममा सहभागी भई पुरस्कार प्राप्त गर्न खरिद बिल अनिवार्य भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिन अर्थ मन्त्रालयले अनुरोध गरेको छ। सबै व्यवसायीहरूलाई वस्तु तथा सेवा बिक्री गर्दा अनिवार्य रूपमा बिक्री बिलबीजक जारी गर्न पनि भनिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment