सुरु भयो हिउँदयाम

डिसी नेपाल
१५ मंसिर २०८२ १०:३३
104
Shares

काठमाडौं । नेपालमा आजबाट हिउँदयाम सुरु भएको छ। मंसिर १५ देखि फागुन १५ गतेसम्मको अवधिलाई हिउँदयाम भनिने गरिएकोछ।

यो समयमा अधिक चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो अवधिमा हिमपात, शीतलहर र हिउँदे वर्षा हुने सम्भावना रहन्छ।

नेपालमा देशमा यति बेला दक्षिणपश्चिम बंगालको खाडीमा विकसित चक्रवात ‘दित्वा’को आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।

आज दिउँसो कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीको सम्भावना छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाको भनाइ छ।

आज राति कोसी, मधेस र बागमती प्रदेशमा आंशिक बदलीको पूर्वानुमान छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.