भोजपुरमा एम्बुलेन्स दुर्घटना हुँदा दुई जना गम्भीर घाइते
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका ६ होम्ताङमा एम्बुलेन्स दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन्।
गाउँपालिकाद्वारा सञ्चालित एम्बुलेन्स दुर्घटनामा पर्दा चालक सञ्जीव राई र गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जय कुमार राई गम्भीर घाइते भएका हुन्।
बिरामीलाई होम्ताङ पुर्याएर घोडेटार फर्किने क्रममा मंगलबार बिहान करिब पौने ९ बजे एम्बुलेन्स दुर्घटना परेको इलाका प्रहरी कार्यालय घोडेटारले जनाएको छ।
घाइतेलाई हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भएको होम्ताङका वडाध्यक्ष सुरेश कुमार राईले बताए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment