तीन फिट उचाइ भएका गणेश : जसले पूरा गरे डाक्टर बन्ने सपना

डिसी नेपाल
१६ मंसिर २०८२ १४:११
48
Shares

एजेन्सी । भारत गुजरातका गणेश बरैयाको उचाइ केवल तीन फिट र तौल २० किलो मात्र  । शारीरिक रुपमा अशक्त उनी यतिबेला सबैका लागि प्रेरणाको स्रोत बनेका छन्। उनी अब चिकित्सकका रुपमा देखिन थालेका छन्। नोभेम्बर २७ बाट उनले काम पनि सुरु गरेका छन्।

चिकित्सा अभ्यास गर्ने र डाक्टर बन्ने आफ्नो सपना साकार पार्न कानुनी लडाइँहरू पार गरेका छन्। कानुनी समस्याहरूले भरिएको उनको यात्रा २०१८ मा उनको उचाइका कारण मेडिकल काउन्सिल अफ इन्डियाले उनलाई एमबीबीएस कार्यक्रममा प्रवेशमा अस्वीकार गरेको थियो।
तर, मुद्दा दायर गरेको चार महिनापछि सर्वोच्च अदालतले गणेशलाई उनको तीन फिट उचाइको कारणले भर्ना अस्वीकार गर्न नसकिने फैसला सुनाएपछि उनी प्रेरणाका स्रोत बन्न पुगेका हुन्। उनले अब चिकित्सा डिग्री हासिल गर्ने र समुदायको सेवा गर्ने अवसर पाउनेछन्।

होचो कदका कारण विभेदको सामना गर्नु परेपनि कठीन मेहेनतबाट विश्वकै सबैभन्दा होचो डाक्टर बन्न सफल भएका छन्। शरीरको उचाइका कारण कार्यस्थलमा डाक्टरको भूमिका निभाउन नसक्ने भन्दै मेडिकल काउन्सिलबाट पीडित बनेका उनलाई अदालतले न्याय दिएको हो।

सन् २०१८ मा भारतको सर्वोच्च अदालतले गणेशलाई एमबीबीएसमा भर्ना गर्नका लागि मेडिकल काउन्सिललाई आदेश दिएको थियो। उनका आमाबाबु किसान हुन्, र उनी नौ दाजुभाइ, सात दिदीबहिनी र एक कान्छो भाइमध्ये एक हुन्। उनको परिवार कच्चा घरमा बस्छ। अब उनको पहिलो लक्ष्य उनीहरूको लागि उचित घर बनाउनु हो। (एएनआई)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.