गोरखाका ७१ घरधुरीले गरे सामुहिक कुलपूजा
गाेरखा।
आचारो विनयो विद्या प्रतिष्ठा तीर्थदर्शनम् ।
निष्ठा वृत्तिस्तपो दानं नवधा कुललक्षणम् ॥”
गोरखाका आत्रेय गोत्र भएका भट्टहरुको बारपाक सुलिकोट-५ स्थित जफदीमा आत्रेय भट्टहरुको ७१ घरधुरीको संयुक्त आयोजनामा कुलपूजा सम्पन्न भएको हो ।
यहाँका भट्टहरुले दसकौँ देखी सनातन परम्परामा प्रचलित धार्मिक कर्मकाण्डहरू मध्ये ठुलो रूपमा कुलपुजालाई लिने गर्छन्। कुल अर्थात् पुर्खा, वंश, वंशज, पितृहरू वा पूर्वजहरू प्रति श्रद्धा, सम्मान र कृतज्ञता व्यक्त गर्ने परम्परागत धार्मिक क्रिया कुलपूजा हो।
आत्रेय गोत्र भएका भट्टहरुको “कुल” वंशको मुल नै कुलदेवता / देवी हुन्छन् जसले वंशको रक्षा गर्छन् भन्ने मान्यता स्थापित छ। कुल पूजा गर्दा ती देवता प्रसन्न हुन्छन् भन्ने विश्वास छ र यसले स्वास्थ्य, समृद्धि र कुलको कल्याण हुनेछ भन्ने जनविश्वास रहेको छ। “कुल पूजा गर्नु भनेको केवल धार्मिक कर्तव्य मात्र मानिँदैन। यो पूर्वजहरू प्रति कृतज्ञता, कुल, प्रकृति संरक्षण र जीवन मूल्यहरू प्रति भट्टहरुको प्रतिबद्धता पनि ठान्दछन्।
बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णु भट्ट सहित झन्डै ३०० जना स्थानीयको उपस्थित रहेको कुल पुजा आजसम्म पवित्र माटो भएको पाखाबारीमा जगिया थापन गरेर कुलको अदृष्य स्वरूपको स्थापना गरी विधिपूर्वक होम हुँमादी आदि गरिएको हो। भविष्यमा स्थायी रुपमा कुलको मन्दिर निर्माण गरि अझै भब्य रूपमा कुल पुजा गरिने प्रबन्ध गरिएको स्थानीय सम्झना भट्ट जानकारी दिएकी थिइन्।
भट्टहरुको कुलपूजा विशेष गरी मंसिरमा धानबाली थन्क्याएर नयाँ बालीबाट बनाइएको खीर, रोटी, पुवा आदि विभिन्न परिकार बनाएर कुललाई चढाएर मात्र खान सुरु गरिन्छ।







डिसी नेपाल








Facebook Comment