स्रोत नखुलेको साढे ६ लाख रकमसहित विराटनगरबाट एक जना पक्राउ

डिसी नेपाल
१८ मंसिर २०८२ १०:२६
200
Shares

विराटनगर । प्रहरीले मोरङको विराटनगर महानगरपालिका-१७ मटेरुवाबाट स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ।

बुधबार कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूहले विराटनगर महानगरपालिका-१८ का रवि साहलाई पक्राउ गरेको हो।

चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको को२४प ७९८४ नम्बरको मोटरसाइकलमा चालक साहलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

उनको साथबाट स्रोत नखुलेको ६ लाख ४९ हजार ५ सय नेपाली रुपैयाँ बरामद भएको छ। परेका उनलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.