नवदुर्गा गाउँपालिकामा शुक्रबार सार्वजनिक बिदा
डडेलधुरा । नवदुर्गा गाउँपालिकाले शुक्रबार सार्वजनिक बिदा दिने भएको छ। मष्टा भगवती देवी मन्दिरमा लाग्ने मेलाका लागि शुक्रबार एक दिन पालिकाले सार्वजनिक बिदा दिने भएको हो।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पुष्पराज जोशीले सूचना जारी गर्दै पालिकाको कार्यालय, मातहतका सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरू बन्द रहने जानकारी गराएका छन्।
गाउँपालिकाभित्र अवस्थित प्रसिद्ध, ऐतिहासिक तथा धार्मिक स्थल मष्टा भगवती देवीको मन्दिरमा प्रत्येक वर्ष लाग्ने मेलामा भक्तजनको अत्यधिक भीड हुने भएकाले सहज व्यवस्थापनका लागि बिदा दिने निर्णय गरिएको सूचनामा उल्लेख छ।
धार्मिक दृष्टिले महत्व राख्ने मष्टा भगवती मेला धार्मिक, सांस्कृतिक तथा सामाजिक उत्सवका रूपमा मनाइँदै आएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment