कर्णालीले जनकपुरलाई दियो १ सय ३० रनको लक्ष्य

डिसी नेपाल
२१ मंसिर २०८२ १७:३९
28
Shares

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको आफ्नो अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १ सय ३० रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २९ रनको योगफल तयार पारेको हो।

कर्णालीका लागि इम्रान शेखले ३३, गुल्सन झाले १९, कप्तान सोमपाल कामीले अविजित १८, प्रियान्क पन्चालले १६, विलियम बोसिस्टोले १५ र नजिबुल्लाह जाद्रनले १३ रन बनाए।

जनकपुरका लागि ललितनारायण राजवंशी र आदित्य महताले दुईदुई तथा संगीत कुरे, अनिलकुमार साह र माज सदाकतले एकएक विकेट लिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.