निर्वाचन निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आग्रह

डिसी नेपाल
२१ मंसिर २०८२ १९:४९
32
Shares

काठमाडौ मानव अधिकार तथा शान्ति समाजले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन निस्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारसँग आग्रह गरेको छ।

७७औ अन्तरराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आज मानव अधिकारबारे अवधारणापत्र सार्वजनिक गर्दै तोकिएकै मितिमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न आग्रह गरिएको हो।

समाजले भनेको छ, मानव अधिकारको विश्वव्यापी घोषणापत्रको धारा २१ को उपधारा ३ मा जनताको इच्छा नै सरकारको अख्तियारीको आधार हुनेछ, यो इच्छा विश्वव्यापी र समान मताधिकारद्वारा हुने आवधिक र निष्पक्ष निर्वाचनद्वारा अभिव्यक्त गरिनेछ भन्ने प्रस्ट छ । त्यसैले लोकतन्त्रको शाश्वत मूल्यलाई जीवन्त राख्न सम्बन्धित सबैलाई शान्ति समाज आग्रह गर्दछ

गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घटनाको अनुसन्धानका लागि गठन गरिएको उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगलाई कसैको दबाब/प्रभावमा नपरी निष्पक्ष र स्वतन्त्र रूपमा कार्यसम्पादन गर्न पनि अनुरोध गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.