४ महिने छोराको हत्या गरी भागेका असई पुष्कर कार्की पक्राउ

डिसी नेपाल
२२ मंसिर २०८२ ९:३०
60
Shares

काठमाडौं। ४ महिने छोराको हत्या गरी पत्नीलाई कुटेर भागेका  नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्की पक्राउ परेका छन्।

हिजो दिउँसो सिनामंगलस्थित कोठा लिएर बसेका कार्कीले छोराको घाँटी रेटेर हत्या गरेका हुन् । छोराको हत्या गरेर श्रीमतीलाई पनि कुटपिट गरेर उनी फरार भएका थिए । जन्मदै ब्रेन ट्युमर भएका छोरालाई सुतेकै ठाउँमा कार्कीले घाँटी रेटेर हत्या गरेका हुन् । श्रीमती पनि प्रहरी हुन् ।

उनलाई आइतबार बेलुकी नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए । उनी अहिले जिल्ला प्रहरी परिसर, भद्रकालीको नियन्त्रण कक्षमा छन् । सोधपुछलगायत अनुसन्धानका काम अब हुने उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.