आज मंगलबार, कस्तो छ तपाईंको राशिफल?

डिसी नेपाल
२३ मंसिर २०८२ ६:२३
128
Shares

मेष : समय सामान्य छ । सञ्चित धन खर्च हुने जोखिम बढ्नेछ । लगानी गर्ने भए शिक्षा क्षेत्रमा प्रगति हुनेछ । वैदेशिक रोजगारीमा उन्नति हुनेछ । परिवारभित्र खटपटी बढ्ने जोखिम हुनसक्छ ।

वृष : दैनिकी राम्रो छ । भविष्यको योजना आफैले बनाउनुपर्ने दिन छ । प्रयास गरेको क्षेत्रबाट प्रतिफल राम्रो प्राप्त हुनेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन : समय राम्रो छ । आर्थिक क्षेत्रमा उन्नति र सामाजिक क्षेत्रको सम्बन्ध सुधार हुनेछ । परिवारबाट सहयोग प्राप्त हुनेछ । शिक्षामा भने मिहिनेत गर्नुपर्ने छ ।

कर्कट : दिन राम्रो छ । धार्मिक यात्रा हुनेछ । साथीसँगको भेट रमाइलो हुनेछ । शिक्षा क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ । स्वास्थ्यमा समस्या भए सुधार हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

सिंह : समय सामान्य छ । स्वार्थ समूह सक्रिय भएकाले काम गर्दा सचेत हुनुपर्ने देखिन्छ । न्यायपूर्वक गरेको लगानीबाट फाइदा हुनेछ । परिवार र प्रेम सम्बन्ध सुखमय रहनेछ ।

कन्या : आजको दिन राम्रो छ । बौद्धिक व्यक्तिसँग भेट हुनेछ । साथीभाइले साथ दिनेछन्। स्वदेशको भन्दा विदेशको लगानीबाट फाइदा हुनेछ ।

तुला : दिन राम्रो छ । शिक्षा क्षेत्रमा प्रशंसा प्राप्त हुनेछ । कर्म क्षेत्रमा सन्तुष्टि मिल्नेछ । परिवारको सहमतिमा काम गर्नु राम्रो हुनेछ । वैदेशिक क्षेत्रको लगानीमा सचेत हुनुपर्ने दिन छ ।

वृश्चिक : दैनिकी राम्रो छ । आर्थिक क्षेत्रमा गरेको लगानीबाट ठुलो फाइदा हुनेछ । गुमेको धन हात लाग्ने योग छ । शिक्षा क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । परिवारसँगको सम्बन्ध राम्रो रहने छ ।

धनु : पुराना साथीको भलाकुसारीबाट दिन रमाइलो बन्नेछ । शिक्षा क्षेत्रमा फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध राम्रो छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मकर : दैनिकी राम्रो छ । आर्थिक अवस्था सुधार हुनेछ । स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुने योग छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । प्रेममा सफलता मिल्नेछ।

कुम्भ : बोलीमा नम्रता आवश्यक छ । व्यापारबाट आर्थिक लाभ हुनेछ । समाजले सम्मान गर्ने योग छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सोचेको काम बन्नेछ ।

मीन : शिक्षाको क्षेत्रमा लगानी गरेको भए राम्रो हुनेछ । अनावश्यक खर्चबाट आफैं जोगिनु राम्रो हुन्छ । सापटी नदिनु उचित हुन्छ । परिवारभित्र विवाद बढ्ने भएकाले थोरै बोल्नु राम्रो हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.