कविता : अपेक्षा
जन्मेपछि कसलाई ठूलो बन्ने अपेक्षा हुँदैन र,
अनि कसलाई धनी बन्ने अपेक्षा हुँदैन र,
कसलाई राम्रो र मिठो खान मन हुँदैन र,
कसलाई राम्रो राम्रो घरमा बस्न मन हुँदैन र,
तर के यी सबै अपेक्षा सबैको पुगेको छ र,
कल्पना गरी हेर नपुगने कुरा के छ र,
सुती सपना हेर नपुग्ने कुरा कहाँ छ र,
अपेक्षा सबको हुन्छ सबै पुगेको कहाँ छ र,
इच्छा मनको धारा खुली रहन्छ निरन्तर,
हजार इच्छा भएपनि सबै पूरा हुने कहाँ छ र।
कल्पना गर सधैं मनमा योग्य बन्ने सधैं गर,
नराख क्लेश मनमहाँ असल बन्ने सधैं गर,
पानीजस्तै बगी हेर विजय छ तिम्रो सधैंभरी,
त्यागीपनि बनी हेर पुग्छ अपेक्षा यो मनभरी।
मौनता मनमा बोकी हिँड्नु आफ्नो स्वकर्ममा,
तिम्रो सोचले सिक्छन् अरुलेपनि स्वधर्ममा,
अपेक्षा मनमा धेरै नराख्नु हलुका हुनुछ भने,
राख्नु यो जीवनमा थोरै सबै थोक पूरा हुने।
इच्छा मनको ठूलो सानो हुँदैन कुनैपनि,
जन्मी मर्ने सबै इच्छा ठूलो हुँदैन जुनैपनि,
छोटो जीवन छ प्राणीको संसारमा सधैंभरी,
पूरा हुँदैन सबै इच्छा नमरुन्जेल सधैंभरी।
मनमा सय कदौं इच्छा जाँतो सरी घुम्दछ,
हजार इच्छामा एक अपेक्षा फूलसरी फुल्दछ,
त्यसको नै सधैं पछि लाग पूरा नबनुन्जेल,
हातमा जे मिल्दछ त्यही नै लेउ बाचुन्जेल।
नराख अरु केही अपेक्षा बिज फुट्दैन कुनैपनि,
फूलका कोपिलाहरु सबै फुल्दैनन् जुनैपनि,
त्यसरीनै सबै अपेक्षाहरु मनमा फुरेका,
फुल्दैनन् सबै इच्छा मनमा सब उठेका।।
जीवनको अनमोल खजाना
जीवनको अनमोल खजाना जीवन नै हो
जन्मेपछि धर्तीमा गर्नुपर्ने काम के हो
संसारलाई प्रेमबाट जगाउनु नै हो
मनलाई अशान्तिबाट जोगाउनु नै हो
जीवन एक खजाना हो जुन हामी
एक पटक मात्र पाउँछौँ
यसलाई बिना कुनै विचार हँसाइ हँसाइ
बिताउने हो
जीवन एउटा सपनालाई पूरा गर्ने मौका हो
जीवन जिउने यही एकमात्र सही ढंग हो
जीवनमा आउँछ अनेक उतार–चढाव
खुसी र दुखी,
सबकलिई बिस्तारै आफ्नो मार्ग बनाउने हो
जीबन एक यात्रा हो जसले हामीलाई अगाडि बढाउँछ
र, हरेक कदमको पलपलमा नयाँ केही सिकाउँछ
जीवन एक यात्रा हो यो नदीको धारा जस्तै हो
जुन कहिले रोकिँदैन र कहिल्यै अड्किँदैन
यो अन्तमा जन्मबाट सुरु भई अनन्तमा मिल्ने हो
यो जीवनको हरेक मोडको नयाँ दृश्य हो
र, जीवन हेर्ने र देख्नेको एक कला हो
जीवन एक सपना पनि हो जुन हामी
हरेक दिन र रातमा देखिरहेका हुन्छौं
जीवन एक सजावटपनि हो जसलाई
नयाँ बिचार दिइ बनाउने र सजाउने गर्दछौं
जीवन एक अनमोल खजाना हो जसलाई
हामी मृत्यु नभएसम्म सम्हालेर राख्दछौं
यो वर्तवानको एक अनुपम खजाना हो
यसैको साथमा हामी बाच्न र बन्न सफल बनौं
जीवन एक प्रेम हो, एक साथी पनि हो
जीवनमा खुसियाली र बहार छ
जीवंनलाई जीउनु छ बिना डरमा बस्नु छ
जीवनलाई आफ्नै तरिकाले जियाउनु छ
जीवन एक बहार हो एक उपहारपनि हो
यसलाई पूरा मन लगाई बचाउनु छ
जीवनमा चुनौतीहरु अनगिन्ती आउँछन्
तर हार यसको जीत होइन, प्रयास हो
जीवनलाई हरतरहबाट बिउझाउनु छ
जीबनलाई हरेक कोणबाट चिनाउनु छ
कहाँ छ जीवनको अनमोल खोज्नु छ
जीवनलाई अनन्त अकासमा उड़ाउनु छ
जीबनलाई अनन्त आकासमा उडाउनु छ।
अस्ताएको नेपाल अधिराज्य
नेपाल अधिराज्य, तिमी हाम्रो गौरव हौ
हिमालको कुनामा तिमी एक्लै छौ
शाह राजाहरुको शासनमा अधिन थियौ
नेपाली जनताको हृदयमा स्मरणीय थियौ
तिम्रो इतिहास र बीरता विश्वले चिनेको छ
तिम्रो संस्कृति सनातनीले विश्व निहुरेको छ
तिम्रो हरेक गीत नेपालीमै गाउने रहर छ
नेपाली भेष भुषामै रमिरहने हाम्रो कबुल छ
तिमी हिमालको कुनामा हिमगिरि मुनि बस्छौ
तिम्रो सौन्दर्यले गुराँसका फूल झल्मल फुल्छन्
नेपाली भूमिका मैदानमा तिमी नाची हिँड्छौं,
तिमी एकता, शान्ति र प्रकृतिको पुजक हौ
तिम्रो अस्त होइन, केवल परिवर्तनमात्र हो
बिकासमा र निर्माणमा तिमी कुरिरहे छौ
तिमी एकता र शान्तिको एक प्रतिक हौ
तिमी नेपालको एक गौरबशाली नाम हौ
तिमी नेपालको गौरवशाली नाम हौ
धर्म र अध्यात्म
धर्म सेवा हो, प्रेम हो र सहानुभूति हो
भने अध्यात्म अनन्त आत्माको खोजी हो
धर्म धारणाको समष्टिगत ब्यबहार हो भने
अध्यात्म आत्मामा लिन हुने परम ध्यान हो
धर्म र अध्यात्मको मार्ग लामो र अविरल छ
सत्य र न्यायको पथमा चल्ने मार्ग कठिन छ
धर्मले सिकाउँछ प्रेम क्षमा दया करुणा र नम्रता
अध्यात्माले सिकाउँछ आत्म ज्ञान र परम ज्ञान
मानव जीवनको उद्देश्य आफ्नो स्वधर्मको पालना हो
अध्यात्मको चिन्तनले मानिसलाई कैबल्यमा पुर्याउँछ
धर्म र अध्यात्मको संगमले जीवनलाई दिन्छ नयाँ
दिशा र दर्शन र,
अन्तमा पुर्याउँछ भरिपूर्ण दैविक जीवन
अन्तमा पुर्याउँछ भरिपूर्ण दैविक जीवन।।
















Facebook Comment