एनपीएल फाइनल पुग्न कठिन लक्ष्य पछ्याउँदै विराटनगर

डिसी नेपाल
२३ मंसिर २०८२ १८:४२
88
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को फाइनल प्रवेशका लागि विराटनगर किंग्सले १५६ रनको लक्ष्य पाएको छ । लक्ष्य पच्याइरहेको विराटनगरले ५० रनको स्कोरमा ५ विकेट गुमाइसकेको छ ।

टीयु क्रिकेट मैदानमा विराटनगरविरुद्ध टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनायो।

सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ६३ रन बनाए । विनोदले ५२ बलमा ३ चौका र २ छक्का प्रहार गरे । मुख्तार अहमद १०, शेल्डन ज्याकसन २०, आरिफ शेख २०, इशान पाण्डे १३, कप्तान दीपेन्द्रसिंह ऐरी ३, हर्मित सिंह १४ रनमा आउट भए । स्कट कुगेलेइन १ र मिलन बोहरा ५ रनमा अविजित रहे ।

बलिङङमा विराटनगरका मार्चन्ट डि लिङ र प्रतिश जिसीले दुई/दुई तथा सूर्य तामाङ र साम हिटलेटले एक/एक विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.