एनपीएल : सुदूरपश्चिम फाइनलमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को पहिलो क्वालिफायर सुदूरपश्चिम रोयल्सले जितेको छ। यससँगै सुदूरपश्चिम सिधै फाइनल प्रवेश गरेको छ।
मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्समाथि एकपक्षीय जित हात पार्दै सुदूरपश्चिम उपाधि नजिक पुगेको हो । पहिलो संस्करणमा पनि पहिलो फाइनलिस्ट बनेको सुदूरपश्चिम दोस्रो संस्करणमा पनि फाइनल पुग्ने पहिलो टिम बनेको छ।
साथै सुदूरपश्चिमले लिग चरणको अन्तिम खेलमा विराटनगरसँग व्यहोरेको हारको बदलासमेत लिएको छ । सुदूरपश्चिमले अब शनिवार दोस्रो क्वालिफायरको विजेतासँग उपाधिका लागि खेल्नेछ।
पराजित भएपनि विराटनगरले फाइनल पुग्नका लागि अर्को अवसर पाउनेछ। बुधबार हुने काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबीचको एलिमिनेटर खेलको विजेतासँग विराटनगरले बिहीबार दोस्रो क्वालिफायर खेल्नेछ।







डिसी नेपाल








Facebook Comment