एमाले महाधिवेशनका लागि मंसिर २६-२७ मा नागढुंगा-मलेखु सडकखण्ड पूर्ण सञ्चालन हुने

डिसी नेपाल
२४ मंसिर २०८२ २०:२३
216
Shares

काठमाडाैं। नेकपा (एमाले)को महाधिवेशनमा सहभागी हुने भीडलाई ध्यानमा राख्दै मंसिर २६ र २७ गते नागढुंगा-मलेखु सडकखण्ड पूर्ण रूपमा सञ्चालन गर्ने निर्णय भएको छ।

सडक स्तरोन्नति तथा कालोपत्रका कारण सरकारले आजदेखि पुस १ गतेसम्म दैनिक पाँच घण्टा (बिहान १०:३० देखि दिउँसो ३:३० सम्म) सवारी आवागमन रोक्ने निर्णय गरेको थियो।

तर राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे नेतृत्वको टोलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री घिसिङलाई भेटेर राजमार्ग निरन्तर खुला राख्न आग्रह गरेपछि, विशेष व्यवस्था स्वरूप महाधिवेशनका दुई दिन सडक बन्द नहुने व्यवस्था मिलाइने जनाएको हो।

बुधबार राष्ट्रिय युवासंघ नेपालका इन्चार्ज राजीब पहारी र अध्यक्ष क्षितिज थेबे नेतृत्वको टोलीले सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङसँग भेट गरेर मंसिर २७ गते पार्टीको महाधिवेशनको उद्घाटन कार्यक्रम हुने भएकाले सो अवधिमा सञ्चालन भइरहेका निर्माण तथा सडक सम्बन्धी कामहरूले कार्यक्रममा असर नपर्ने गरी आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको थियो।

यस सम्बन्धमा मन्त्री घिसिङले मुलिङ सडक खण्डमा दैनिक ५-६ घण्टा हुने अवरोधलाई ध्यानमा राख्दै आगामी २६, २७ र २८ गते काठमाडौँ प्रवेश सहज बनाउन विशेष व्यवस्था मिलाइने जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.