बोलेरो दुर्घटनामा ११ जना घाइते
भोजपुर । यहाँको षडानन्द नगरपालिका–१२ दुःखी डाँडाको भित्री सडकखण्डमा आज बोलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । झ्याउपोखरीबाट तुकेतर्फ जाँदै गरेको मे१ज २०६६ नम्बरको बोलेरो ब्रेक फेल भई आज करिब १५० मिटर तल खसेपछि दुर्घटना भएको हो ।
दुर्घटनाबारे जानकारी पाएपछि प्रहरीचौकी देउरालीबाट प्रसनि पदमबहादुर श्रेष्ठको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । बोलेरोमा चालकसहित ११ जना सवार रहेको खुलेको छ । चालक मोहन तामाङलाई सामान्य चोट लागेको छ ।
प्रहरीका अनुसार चालकले मादक पदार्थ सेवन नगरेको र सवारी चालक अनुमति पत्र सक्कलसहित भएको पुष्टि भएको छ । घाइतेहरूलाई जिल्ला अस्पलात सङ्खुवासभा उपचारका लागि ल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी कुमारप्रसाद मैनालीका अनुसार चालक मोहन तामाङको टाउकोमा सामान्य चोट लागेको छ । उनी बोल्न सक्ने अवस्थामा छन् । खेमराज श्रेष्ठ, तेन्जिङ भोटे, अङ्कित चौधरी, रित्तेक्चुक भोटे, सङ्गीता कार्की, कमला श्रेष्ठ, कुमारी माया, मेनुका राई, जमबहादुर लिम्बू र विष्णु ढकाल घाइते छन् । उनीहरूको अवस्था सामान्य छ ।







डिसी नेपाल








Facebook Comment