अशोक दर्जी ‘मन बिनाको धन’ अब अमेरिका जाँदै

डिसी नेपाल
२५ मंसिर २०८२ १०:५६
316
Shares

काठमाडौं। हालै नेपालमा ३० दिनभन्दा बढी सफलता पूर्वक प्रदर्शन भइरहेको नेपाली कथानक चलचित्र ‘ मन बिनाको धन’ अब अमेरिका प्रदर्शनका लागि तयार भएको छ।

सानो गाउँबाट संघर्षको कथा बोकेर ठूलो पर्दासम्म आइपुगेका बाल गायक तथा अभिनेता अशोक दर्जी को भावनात्मक यात्रा समेटिएको यस चलचित्रले नेपालभर दर्शकको मन जितिसकेको छ।

ग्रेट इभेन्ट मुभीको प्रस्तुतीमा अब ‘ मन बिनाको धन’ अमेरिकी दर्शकहरूमाझ लैजाने तयारी भइरहेको छ। चलचित्र टंक बुढाथाेकीको निर्माण तथा निर्देशनमा बनेको हो। यो चलचित्रले सामाजिक यथार्थ, आमाबुवाको सम्मान, गुरु चेला बिचको सम्बन्ध , जातीय छुवाछुत, र संस्कार-संस्कृतिका गहिरा पक्षहरूलाई उजागर गर्छ।

निर्माण पक्षका अनुसार अमेरिका प्रदर्शनको औपचारिक घोषणा भइसकेको छ र विभिन्न शहरमा शो को तयारी भइरहेको छ। अमेरिकामा बसोबास गर्ने नेपाली समुदायलाई ले अशोक दर्जीको घर निर्माणको समयमा धेरै ठूलो सहयोग गरेको सम्झदै अशोक दर्जीको चलचित्र प्रदर्शन आउनुमा खुशी ब्यक्त गरेको छ।

एक दूरदर्शी उद्यमी, सामाजिक नेतृत्वकर्ता , आप्रवासी समुदायका सेवामा समर्पित तथा ग्रेट इभेन्ट मुभीमार्फत नेपाली कला, संस्कृति र प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न लागिपरेका डा. कुमार गुरुङले चलचित्र ‘ मन बिनाको धन ‘ प्रदर्शन सहयोग गरेका छन्।

चलचित्रमा अशोक दर्जी ,सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा,बुद्धि तामाङ,रवीन्द्र झा,पार्वती अधिकारी , एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा,बिना राउत, ,बाबु पराजुली,रक्षा श्रेष्ठ,प्रियंका झा,आर्यन पोखरेल,विजय डंगोल लगायतका कलाकारको अभिनय रहेको छ।

टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘मन बिनाको धन’को कथा बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन्। टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा फिल्मको निर्माण विष्णुमाया मैनालीले गरेकी हुन् भने कार्यकारी निर्मातामा मिनु शर्मा ( सपना) रहेकी छिन्।

यस्तै जी.पी संग्रोला, बिबेक नेपाल र बिजया पाण्डे सहनिर्मातामा रहेका छन्। चलचित्रमा सौरभ लामाको छायांकन,कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी,मित्र डी.गुरुङको सम्पादन रहेको छ।

उत्कृष्ट संगीत, पारिवारिक कथा र प्रेरणादायी चलचित्र ‘ मन बिनाको धन ‘ युनाइटेड स्टेट्सका विभिन्न शहरहरूमा प्रदर्शन हुने भएकोले अमेरिका निवासी सम्पूर्ण नेपालीलाई चलचित्र हेरेर सघाउन र नेपाली सिर्जनशीलतालाई अन्तर्राष्ट्रिय स्तरमा प्रोत्साहन दिन अनुरोध गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.