रवि लामिछानेको मुद्दामा भएन सुनुवाइ

डिसी नेपाल
२५ मंसिर २०८२ १२:२७
912
Shares

काठमाडौं । बिगो बराबरको रकम बुझाएर थुनामुक्त हुन माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआइजी एवं तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले दायर गरेको निवेदनउपर आज उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा सुनुवाइ हुन सकेन । मुद्दा हेर्न नमिल्नेमा परेको हो ।

मुद्दाको पेशी न्यायाधीश तेजनारायण पौडेल र सागर बिष्टको इजलासमा तोकिएको थियो । तर, न्यायाधीश सागर बिष्ट र लामिछानेको तर्फबाट वकालतनामा लेखाएका कानुन व्यवसायी शालिकराम पौडेल पूर्वसहकर्मी भएका कारण हेर्न नमिल्नेमा परेको हो ।

बुटवलको सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र छविलाल जोशीको मुद्दामा दुवैले बिगो बराबरको रकम बुझाएर थिनामुक्त हुन माग गरेका छन् । यही मागसित जिल्ला अदालत रूपन्देहीमा दिएको निवेदन अस्वीकृत भएपछि उच्च अदालतमा पुनरावेदन गरिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.