पाठकको आलोचनाले परिपक्क भएँ : सुबिन भट्टराई
काठमाडौं। साहित्यकार सुबिन भट्टराईले साहित्य सिर्जनाको सुरुवातमा पाठकको मायासँगै आलोचना समेत खेपेको बताए।
किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्रा अन्तर्गत ‘शब्दमा प्रेम, कथामा जीवन’ सत्रमा साहित्यकार सुबिन भट्टराईले आफ्नो साहित्य सिर्जनाको अनुभव र अनुभूतिहरुलाई बाँड्ने क्रममा उक्त भनाइ राखेका हुन्।
पाठकको आलोचना पचाउन त्यति सजिलो नभएको बताउँदै उनले आचोचनाका छाँयाहरुबाट नै आएका अनुभव, मानसिकताहरुले अझै परिपक्क हुँदै गएको सुनाए। उनले भने, ‘हरेक लेखक कुनै न कुनै पाठकको झुण्डबाट आलोचित छ। मैले मानेको लेखकलाई पनि पाठकको गाली खाएको देखेपछि म त को हुँ र भनेर चित्त बुझाएँ। ट्वीटरमा त लेखक नै होइनस्, तैलै लेख्नै पर्दैन भन्ने समेत आलोचना हुन्थे।’
फलस्वरुप अध्ययन र अनुभूतिहरुले साहित्य सिर्जनामा विविधता आएको उनले स्वीकार गरे। उनले भने, ‘लेख्दा लेख्दै अहिले लेखन नै पेसा बन्यो, प्यासन भयो र लेखन नै सबै थोक भयो।’
भट्टराईले आफू अन्तरमुखी स्वभावको रहेको स्वीकार गर्दै उनले आफू जस्तै स्वभाव भएको मान्छेलाई पोखिने माध्यम साहित्य रहेको बताए। कतिपय व्यक्त गर्न नसकेका कुराहरुलाई आफ्नो सिर्जनाले सम्बोधन गरिदिएकै कारणले पनि आफ्नो लेखाइलाई पाठकले मन पराएको हो भन्ने उनको अनुमान राखे।
सत्रको सहजीकरण करुणा देवकोटाले गरेकी हुन्।







डिसी नेपाल








Facebook Comment