बझाङबाट प्रतिनिधिसभामा दिपेन्द्र जोशी सर्वसम्मत सिफारिस

डिसी नेपाल
२६ मंसिर २०८२ १५:२६
52
Shares

बझाङ । नेपाली कांग्रेस बझाङले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जेनजी पुस्ताको सशक्त प्रतिनिधित्व गर्ने युवा र योग्य नेता दिपेन्द्र जोशीलाई सर्वसम्मत रूपमा सिफारिस गरेको छ।

विद्यार्थी राजनीति, संगठनात्मक नेतृत्व र सामाजिक सक्रियतामा निरन्तर योगदान दिँदै आएका जोशी जिल्लाभरि सम्मानित र उदाउदो राजनीतिक व्यक्तित्वको रूपमा स्थापित छन्।

जोशी राजधानीको प्रतिष्ठित त्रिचन्द्र क्याम्पसमा नेपाल विद्यार्थी संघका पूर्वसचिव रहिसकेका, दक्ष र अनुभवी विद्यार्थी नेताका रूपमा परिचित छन्। विद्यार्थी हक–हितका मुद्दा, संगठन विस्तार, नीति संवाद र पार्टीगत अभियानमा दीर्घ समय सक्रिय भूमिका निभाइसकेका जोशीले कांग्रेसभित्र स्थायित्वसहितको प्रभावशाली स्थान बनाएका छन्।

शैक्षिक रूपमा पनि जोशी उत्तिकै प्रतिबद्ध र सक्षम मानिन्छन्। हाल उनी वातावरण विज्ञानमा पीएचडी (विध्यावारिधी) अध्ययनरत छन्। अध्ययन, शोधकार्य र व्यवहारिक राजनीतिक अभ्यासलाई सँगसँगै अघि बढाइरहेका उनले ज्ञान र नेतृत्वको संयोजनलाई आफ्नो पहिचान बनाएका छन्।

त्यसैगरी, जोशी नेपाल वातावरण समाजका केन्द्रीय सदस्यको रूपमा वातावरण संरक्षण, जलवायु सचेतना र दिगो विकासका मुद्दामा सक्रिय आवाज बनिरहेका छन्।

२०७९ सालमा पनि जोशी बझाङबाट समानुपातिक प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भइसकेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.