आजको समयले केपी ओली कै नेतृत्व माग गरेको छ : भगवती न्यौपाने
काठमाडौं । नेकपा एमालेकी नेतृ भगवती न्यौपानेले नेतृत्व हस्तानतरण र पुस्तानतरण भनेको आवश्यकताले हुने भन्दै आजको समयले अध्यक्ष केपी शर्मा ओलीलाई नै माग गरेको बताएकी छिन्।
शुक्रबार पार्टी कार्यालय च्यासलमा जारी एमालेको सचिवालय बैठकको क्रममा उनले नेतृत्व पुस्ताभन्दा पनि योग्यता, क्षमता र समयको मागको आधारमा हुनुपर्ने बताइन्।
उनले भनिन्, ‘नेतृत्व हस्तानतरण र पुस्तानतरण भनेको आवश्यकताले हुने हो। त्यसैले पुस्ताभन्दा पनि योग्यता, क्षमता र समयको माग पनि हो। आजको समयले अध्यक्ष केपी शर्मा ओलीलाई नै माग गरेको छ। त्यसैले अहिलेको अध्यक्षको नेतृत्वमा नै कमिटी बन्छ।’
त्यस्तै उनले अहिले केपी ओलीले लिएको राष्ट्रवादको कारण उनीमाथि आक्रमण भइरहेको भन्दै ओलीमाथिको आक्रमणलाई देशमाथिको आक्रमणको रुपमा बुझ्नुपर्ने धारणा राखिन्।
‘अहिले अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण किन भइरहेको छ भन्ने विषयमा सबैले बुझ्न जरुरी छ। हामी स्वाभिमानी नेपाली भएपछि यो देशमाथिको आक्रमण हो भन्ने बुझ्नुपर्छ। केपी ओलीले लिएको राष्ट्रवादको कारण यो हमला भएको हो’,उनले भनिन्।







डिसी नेपाल








Facebook Comment