एमाले महाधिवेशन संगीतमय पनि बन्नेछ : हुम गैरे

डिसी नेपाल
२७ मंसिर २०८२ १३:०४
20
Shares

भक्तपुर । आज शनिबारबाट सुरु हुने नेकपा एमालेको ११औं महाधिवेशन उद्घाटन समारोह क्षेत्र भक्तपुरको सल्लाघारी एमालेमय देखिएको छ ।

कलात्मक रुपमा निर्माण गरिएको मन्चमा एमालेका नेताहरुले महाधिवेशन उद्घाटन गर्दैछन् । अन्य दलका नेताहरु पनि सल्लाघारी पुग्नेछन् । विशेषगरी उद्घाटन सत्रलाई संगीतमय पनि बनाउने तयारी छ ।

नेकपा एमाले अन्र्तगत कलाकारहरुको भातृसंगठन राष्ट्रिय जनसास्कृतिक महासंघ नेपालको लुम्बिनी प्रदेशको इन्चार्ज हुम गैरैका अनुसार उद्घाटन सत्रमा विभिन्न सांगीतिक प्रश्तुतीहरु समेत राखिएको छ ।

‘हामी महाधिवेशनलाई संगीतमय बनाउने तयारीमा छौं । विभिन्न सांस्कृतिक प्रस्तृतिहरुको जिम्मा लिएर वृहत तयारी गरेका छौं । यहाँ प्रस्तुत हुने नृत्यहरु विभिन्न कला संस्कृति झल्किने किसिमका छन्, झाकीहरु पनि छन् । प्रत्यक्ष लाइभ बाजाहरुको प्रस्तुती पनि छ । एकल प्रस्तुतिहरु छन् । त्यसको जिम्मा जनसास्कृतिक महासंघ नेपालले लिएको छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.