रैथाने मौलिक खाद्य मेला’ २०८२ आज काठमाडौंमा हँदै

डिसी नेपाल
२८ मंसिर २०८२ ८:०८
20
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकोको ‘रैथाने मौलिक खाद्य मेला’२०८२ आज सुरु हुँदै छ । महानगरपालिकाको स्थापना दिवसको पूर्वसन्ध्यामा आज स्वादमा एकता, थालमा विविधता भन्ने मूल नाराकासाथ मेला आयोजना गर्न लागेको हो ।

स्थानीय पहिचान प्रवद्र्धन र संरक्षण हुने गरी स्वच्छ खानपान र सांस्कृतिक सम्पदाको संरक्षणलाई एकै ठाउँमा जोड्न मेला आयोजना गरिएको महानगरपालिकाले जनाएको छ ।

उक्त मेला नक्सालस्थित नन्दकिशोर बगैँचा (नारायण चौर) मा सञ्चालन हुनेछ । मेलामा काठमाडौँ महानगरभित्रका ३२ वटै वडाबाट कम्तीमा एक-एक वटा स्थानीय रैथाने खाद्यसम्बन्धी स्थल रहने व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.