फेसबुकमा ‘कन्टेन्ट रेभिन्यू’ का लागि चासो

ज्याक खड्का
२८ मंसिर २०८२ २०:५१
56
Shares

जापान (टोकियो) । मेटा कम्पनीले नेपालका लागि फेसबुक मोनिटाइजेसन सेवा औपचारिक रूपमा खुलाएसँगै फेसबुकमा ‘कन्टेन्ट रेभिन्यू’ का लागि पछिल्लो समय धेरैले चासो दिएका छन्।

यसअघि मेटाले ‘इनभिटेशन बेसिस’ मा सीमित प्रयोगकर्तालाई मात्र कमाई सुविधा उपलब्ध गराउँदै आएको थियो। तर गत अगस्ट ३१ देखि मेटाले ‘इन-स्ट्रीम एड्स’, ‘एड्स अन रील्स’ र ‘प्रफर्मेन्स बोनस’ जस्ता चरणबद्ध रूपमा हटायो र ‘फेसबुक कन्टेन्ट मोनेटाइजेसन’ सुरु गरेको हो।

मेटाले फेसबुक कन्टेन्ट मोनेटाइजेसन शुरु गरेसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताबिच आम्दानीका लागि योग्यता पुर्‍याउन एक-आपसमा सहकार्य गर्ने अभियान नै चलेको छ। यो अभियान विशेषगरी फेसबुकमा बनाइएका विभिन्न ग्रुपमार्फत सञ्चालनमा रहेको छ।

यी त्यस्ता ग्रुप हुन्, जहाँ प्रयोगकर्ताले एक-अर्कालाई फलो गर्ने, पोस्टमा लाइक, कमेन्ट जस्ता इङ्गेजमेन्ट बढाउने र फेसबुकले तोकेका अन्य मापदण्ड पुरा गर्न सहयोग आदान प्रदान गर्छन्। यस्ता थुप्रै ग्रुपहरुमध्ये अहिले ‘Facebook monetize सहकार्य’ नामक एउटा फेसबुक ग्रुप निकै सक्रिय छ। उक्त ग्रुपमा अहिले एक लाख दुई हजार भन्दा बढी मेम्बर रहेका छन भने १३/१४ जना एडमिनको रुपमा छन्।

एक आपसमा सहकार्य गर्दै फेसबुकमा फलोवर्स बढाउन सक्रिय रहेको उक्त ग्रुप दामोदर न्यौपानेले परिकल्पना गरेका हुन । फेसबुक मोनिटाइजेसनको लागी अत्यन्त सक्रिय रहेको उक्त ग्रुपले सामाजिक संजाल प्रयोगकर्ता अत्यन्त सहयोग पुर्‍याउदै आएको उक्त ग्रुपका एडमिन प्रदिप गौतमले बताए। आगामी दिनमा यस ग्रुपलाइ अझ ब्यबस्थित र सक्रिय बनाउन साथ सहयोग तथा थप सल्लाह सुझाबको अपेक्षा गरिएको गौतमको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.