एमाले महाधिवेशन : साँझ ७ बजेदेखि मतदान हुने
काठमाडौं। नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बेलुका ७ बजेदेखि मतदान हुने भएको छ। पार्टीको निर्वाचन आयोगले मतदानको समय बेलुका ७ बजेदेखि राति १ बजेसम्म निर्धारण गरेको छ।
पहिलो योजना अनुसार मतदान दिउँसो २ बजेदेखि सुरु गर्ने तयारी थियो, तर आन्तरिक व्यवस्थापन र प्राविधिक तयारीका कारण मतदान समय पछि सारिएको निर्वाचन आयोगले जनाएको छ।
मतदान विद्युतीय भोटिङ मेसिन (ईभीएम) मार्फत हुनेछ। आयोगले प्राविधिक टोलीले तयार पारेको क्रमसंख्यासहितको उम्मेदवार नामावलीमा केहि त्रुटि भेटिएपछि मिलाउन समय लागेको जनाएको छ।
महाधिवेशनमा १९ पदाधिकारीका लागि ४२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा चलिरहेको छ। कुल मिलाएर सबै पदमा ३०० भन्दा बढी उम्मेदवार छन्।
निर्वाचन प्रक्रिया काठमाडौंको भृकुटीमण्डपमा जारी छ। आयोगका अनुसार मतदान रामलक्ष्मण इनोभेसन कम्पनीले प्रदान गरेको भोटिङ मेसिनबाट हुनेछ।







डिसी नेपाल








Facebook Comment