नेपाली साहित्य विकास परिषद् नेपाल च्याप्टरको नयाँ कार्य समिति गठन

डिसी नेपाल
६ फागुन २०८२ १०:११
388
Shares

काठमाडाैं। नेपाली साहित्य विकास परिषद् युके नेपाल च्याप्टरको प्रथम विशेष साधारण सभा परिषद्‌को अध्यक्ष इल्या भट्टराईको अध्यक्षतामा सम्पन्न भएकाे छ।

काठमाडौंमा सम्पन्न उक्त साधारण सभाले इल्या भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेकाे हाे। कार्यसमिति नव निर्वाचित पदाधिकारीहरूमा अध्यक्ष इल्या भट्ट‌राई, उपाध्यक्षद्वय गोविन्द प्रसाद श्रेष्ठ तथा डा. रेनुका थापा चयन भएका छन् भने महासचिवमा वीरेन्द्र कुँवर, र कोषाध्यक्षमा राजेश जङ्ग शाह रहेका छन्।

यसैगरी कार्यकारिणी सदस्यहरूमा जयदेव भट्टराई, मदनबहादुर शाही, लालपुरा शाही र व्याकुल पाठक रहेका छन्। एघार सदस्यीय कार्यसमितिमा एक जना सचिव र एक जना सदस्य पछि कार्यसमितिले चयन गर्ने गरी तोकिएको छ।

यसैगरी वरिष्ठ कवि गोपाल पराजुली संयोजकका चौध सदस्यीय सल्लाहकार परिषद् गठन गरिएको छ। अन्य सल्लाहकार डा. विष्णुविभु घिमिरे, प्रा.डा. देवीप्रसाद सुवेदी, प्रा.डा. गोविन्दराज भट्टराई, डा. तुलसी भट्टराई, डा. ज्ञानु पाण्डे, निमा वाङ्गेल लामा, डा. माधवी भट्ट, ध्रुव सापकोटा, डा. नारायण चालिसे, वियोगी बुढाथोकी, हरिशरण लामिछाने, डा. लक्ष्मण गौतम र महेश पौड्याल रहेका छन्।

यसअघि विशेष साधरण साधारण सभाले आगामी दुई वर्षका लागि गठन गरिने कार्य समिति र सल्लाहकार समितिको चयनका लागि परिषद्का संस्थापक तथा निवर्तमान केन्द्रीय अध्यक्ष सुरेश जङ्ग शाहको अध्यक्षतामा अध्यक्ष मण्डल गठन गरिएको थियो।

परिषद्की अध्यक्ष इल्या भट्टराईको सभापतित्व र महासचिव हरिशरण लामिछानेको संचालनमा शुरु भएको उक्त सभामा अध्यक्ष इल्या भट्टराई प्रमुख सल्लाहकार संयोजक गोपाल पराजुली, महासचिव हरिशरण लामिछाने र संस्थापक सुरेश जङ्ग शाहले आ-आफ्नो मन्तव्य राखेका थिए।

समारोहमा परिषद्लाई उल्लेखनीय योगदान पुर्याउन हुने नेपाली भाषा साहित्यको विशिष्ट साहित्यकारद्वय गोपाल पराजुली तथा प्रा.डा. देवीप्रसाद सुवेदीलाई केन्द्रीय परिषद् द्वारा प्रदान गरिएको विशिष्ट सम्मान रजत वर्ष अभिनन्दन-पत्र तथा पदक पुरस्कार अध्यक्ष इल्या भट्टराईद्वारा सुशोभन गरिएको थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *