बोन्डी समुद्र तट आक्रमण: आक्रमणकारी नावीद अकरममाथि ५९ अभियोग

डिसी नेपाल
२ पुष २०८२ १६:०५
100
Shares

काठमाडौं । अष्ट्रेलियाको सिड्नीको बोन्डी समुद्र तटमा भएको गोलीकाण्डमा बाँचेका संदिग्ध आक्रमणकारी नावीद अकरम विरुद्ध जम्मा ५९ वटा आरोप लगाइएको छ।

न्यु साउथ वेल्स प्रहरीका अनुसार नावेदमाथि १५ वटा हत्या र एउटा आतंकवादी कार्य गरेको आरोप लगाइएको छ।

प्रहरीको जवाफी गोलीबारीमा दोस्रो आक्रमणकारी ५० वर्षीय साजिद अकरमको घटनास्थलमै मृत्यु भयो।

अष्ट्रेलियाको यहूदी समुदायलाई लक्षित गरी गरिएको उक्त आक्रमणमा पन्ध्र जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए।

यो आक्रमण यहूदीहरूको पर्व हनुक्काको पहिलो रातमा भएको थियो। यसलाई १९९६ पछि अष्ट्रेलियामा भएको सबैभन्दा घातक सामूहिक गोलीकाण्डको रूपमा वर्णन गरिएको छ।

नावीद अकरममाथि हत्याको नियतले गम्भीर शारीरिक हानि पुर्‍याएको ४० वटा अभियोग र प्रतिबन्धित अतिवादी संगठनको प्रतीक सार्वजनिक रूपमा प्रदर्शन गरेको एउटा अभियोग पनि लगाइएको छ।

न्यु साउथ वेल्सको स्थानीय अदालतले अभियुक्तको पहिलो सुनुवाइ अस्पतालको ओछ्यानबाट भएको बताएको छ।

अदालतका अनुसार मुद्दाको अर्को सुनुवाइ अप्रिल २०२६ सम्मका लागि स्थगित गरिएको छ।

बुधबारको सुरुमा, न्यु साउथ वेल्सका प्रहरी आयुक्त माल लान्योनले औपचारिक अनुसन्धान गर्नु अघि उनीहरू औषधिको प्रभाव कम हुने प्रतीक्षामा रहेको बताएका थिए।

“न्यायको आवश्यकता छ कि उनी (नविद अकरम) लाई के भइरहेको छ भनेर पूर्ण रूपमा बुझ्नुपर्छ,” लान्योनले भने।

आक्रमणमा घाइते भएका २० जना अझै पनि सिड्नीको विभिन्न अस्पतालमा उपचाररत छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.