आज बिहीबार, कस्तो छ तपाईंको राशिफल?

डिसी नेपाल
३ पुष २०८२ ६:१३
120
Shares

मेष : शिक्षामा गरेको प्रयास सफल हुनेछ । गणेशको सम्झना गर्दै दिनको सुरुवात गरेमा काम बन्नेछ । तर व्यस्त दैनिकीले शारीरिक समस्या हुनसक्छ । स्वास्थ्यमा समस्या थप बढ्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

वृष : दिन राम्रो छ । कला र गलाको प्रदर्शन गर्ने दिन छ । महत्त्वपूर्ण काम गरेर देखाउने समय आएको छ । व्यापारमा एकल निर्णय लिनुभन्दा सहकार्य गर्नु आवश्यक देखिन्छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन : दिन सहज छ । ज्ञानको दायरा फराकिलो बन्नेछ । भविष्यलाई सम्झिएर व्यवहार गर्नु आवश्यक देखिन्छ । व्यवहारको अप्ठेरोले तपाईं समस्यामा पर्ने योग छ । बोली र व्यवहारमा एकरुपता देखाउनुपर्ने आवश्यकता देखिन्छ ।

कर्कट : दिन राम्रो छ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । गुरुसँग सल्लाह लिएर अगाडि बढ्नुपर्ने देखिन्छ । अग्रजको सुझाव महत्त्वपूर्ण बन्नेछ । स्वास्थ्यमा देखिएको समस्यामा सुधार हुनेछ ।

सिंह : स्वास्थ्यमा सुधार हुनेछ । परिवारसँग घुमघाम गर्ने दिन छ । तीर्थको लागि समय तय हुनेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षामा सुधार हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कन्या : दिन राम्रो छ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । साथीसँग कुरा गर्दा गोपनीयता भंग हुने भएकाले सचेत बन्नुपर्नेछ । शिक्षाको क्षेत्रमा निरन्तर प्रयास गरेमा सफलता मिल्नेछ । स्वास्थ्यको क्षेत्रमा गरेको लगानीबाट लाभ हुनेछ ।

तुला : शिक्षामा गरेको लगानी सफल बन्नेछ । आफूभन्दा ठुला मान्छे र गुरुबाट लिएको सल्लाह अनुसार गरेको काम सफल बन्नेछ । आज परिवारको भन्दा बाहिरका मान्छेको साथ र सहयोग मिल्नेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ ।

वृश्चिक : सोचेको काम बन्नेछ । साथीभाइको सहयोग मिल्नेछ । स्वास्थ्यमा सुधार हुने योग छ । सञ्चित धन खर्च हुने भएकाले अनावश्यक खर्च कटौती गर्नु राम्रो हुनेछ । पारिवारिक मेलमिलाप रहला ।

धनु : शुभग्रहको बहुमत भएकाले सोचेका काम बन्ने योग छ । कार्यशैलीमा भने परिवर्तन आवश्यक छ । कृषि क्षेत्रमा घाटा हुनेछ । पशुजन्य व्यापारमा भए सचेत बन्नुपर्ने समय छ । संकटमा साथीको भने साथ मिल्नेछ ।

मकर : दिन राम्रो छ । थोरै लगानी गरेको भए पनि व्यापारमा फाइदा हुनेछ । विपक्षी भन्दै गरेका साथीहरुले तपाईंको पक्षमा काम गर्नेछन् । स्वास्थ्यको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ । परिवारसँग बसेर रमाइलो घुमघाम हुनेछ ।

कुम्भ : हरेक कुरामा झन्झट आइपर्नेछ । सानो विषयले धेरै दु:ख दिने देखिन्छ । शनिदेव सकारात्मक भए तपाईंले सोचेका काम बन्नेछन् । बिहान उठेर शिवको भजन सुन्न सकेमा दिन सहज बन्नेछ । अप्ठेरो अवस्थामा परिवारको साथ मिल्नेछ ।

मीन : दिन सहज छ । दैनिक काम गर्नु अगाडि सूर्यको दर्शन आवश्यक देखिन्छ । स्वास्थ्यमा सुधार हुनेछ । व्यापारको लगानी सफल बन्नेछ । परिवारसँगको सम्बन्ध सहज बन्ने योग छ । राजनीतिक क्षेत्रमा नेतृत्वबाट त्रास बढ्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.