वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरूको पुनः एकीकरण सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक

डिसी नेपाल
३ पुष २०८२ १८:४१
28
Shares

काठमाडौं । वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरूको पुनः एकीकरण अनुभवको प्रभाव सम्बन्धी एक अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ। विहीबार सिंहदरबारमा आयोजित एक कार्यक्रमका विच प्रतिवेदन सार्वजनिक गरिएको हो।

अन्तर्राष्ट्रिय आप्रवासन दिबस २०२५ को अवसरमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र बैदेशिक रोजगार बोर्डको आयोजनामा गरिएको कार्यक्रममा नीति पत्रका रुपमा प्रतिवेदन सार्वजनिक गरिएको हो।

रीइन्टीग्रेट परियोजनाको एम्स्टर्डम विश्वविद्यालय र सेन्टर फर द स्टडी अफ लेबर एण्ड मोबिलिटी (सेस्लम), शोसल साइन्स बहाःको सहकार्यमा तयार प्रतिवेदन रीइन्टीग्रेट परियोजनाको तर्फबाट डा.जीवन बानियाँ र रोजिका महर्जनले प्रश्तुत गरेका थिए।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुष्करको अध्यक्षता र श्रम, रोजगार तथा सामजिक सुरक्षामन्त्री राजेन्द्रसिह भन्डारीको प्रमुख आथित्यतामा प्रश्तुत प्रतिवेदनमा अध्ययनको तथ्याङ्क सङ्कलन पाँच अध्ययन क्षेत्रहरूमा गरिएको जानकारी दिइयो।

अध्ययनले नेपालमा रहेका तीन प्रमुख प्रकारका पुनः एकीकरण नीतिहरूको विश्लेषण गरेको छ। अध्ययनले फर्किएका श्रमिकलाई सरकारी मान्यता र आधिकारिक पहिचानले उनीहरूमा मनोवैज्ञानिक रूपमा ठूलो प्रभाव पार्ने जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.