टी-२० विश्वकपका लागि भारतीय टोली घोषणा, शुभमन गिल परेनन्

डिसी नेपाल
५ पुष २०८२ १५:०९
340
Shares

काठमाडौं । २०२६ को टी-२० विश्वकपका लागि भारतीय टोलीको घोषणा गरिएको छ। शनिबार, मुम्बईस्थित बीसीसीआई मुख्यालयमा सचिव देवजित सैकियाले प्रमुख चयनकर्ता अजित आगरकर र कप्तान सूर्यकुमार यादवको उपस्थितिमा टोलीको घोषणा गरे।

अक्षर पटेललाई उपकप्तान तोकिएको छ भने शुभमन गिललाई बाहिर राखिएको छ। सञ्जु सामसन पनि टोलीमा छन्। इशान किशन र रिंकु सिंहलाई अवसर दिइएको छ। प्रमुख छनोटकर्ता अजित आगरकरले भने ‘शुभमन गिल हाल रन बनाउन संघर्ष गरिरहेका छन् र गत विश्वकपमा पनि खेलेका थिएनन्।’

यसैबीच, भारतीय कप्तान सूर्यकुमार यादवले गिलको छनोट नगरिएको बारेमा भने – ‘हामी शीर्षमा एक किपर चाहन्थ्यौं।’ टोलीले विश्वकप अघि जनवरी ११ मा न्युजिल्याण्डसँग तीन एकदिवसीय र पाँच टी-२० खेलको शृङ्खला पनि खेल्नेछ।

टी-२० विश्वकप फेब्रुअरी ७ मा कोलम्बोमा पाकिस्तान र नेदरल्याण्ड्सबीचको खेलबाट सुरु हुनेछ। सोही दिन भारतले आफ्नो पहिलो खेल युएई विरुद्ध वानखेडे स्टेडियममा खेल्नेछ। फाइनल मार्च ८, २०२६ मा खेलिनेछ, जसको स्थान पछि तय गरिनेछ।

विश्वकपका लागि भारतीय टोली : सूर्यकुमार यादव (कप्तान), अक्षर पटेल (उपकप्तान), अभिषेक शर्मा, तिलक वर्मा, सञ्जु सैमसन, हार्दिक पाण्डेय, रिंकु सिंह, शिवम दुबे, कुलदीप यादव, वाशिंगटन सुन्दर, हर्षित राना, वरुण चक्रवर्ती, जसप्रित बुमराह र अरशदीप सिंह।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.