विराजभक्तलाई मतदाताले गरे सगुनले स्वागत

डिसी नेपाल
१३ फागुन २०८२ १५:४५
52
Shares

काठमाडौं । काठमाडौं ८ का रास्वपा उम्मेदवार विराजभक्त श्रेष्ठले घरदैलोलाई तीब्रता दिएका छन्।

आज उनी घरदैलोका क्रममा वडा नम्बर १३ मा पुगेका थिए। त्यसक्रममा उनलाई स्थानीय मतदाताले सगुन प्रदान गर्दै स्वागत गरेका थिए।

सो अवसरमा करिब ६० भन्दा बढी स्थानीयको समूहले मत माग्दै हिँडेका बिराजको समूहलाई सगुन प्रदान गरेका हुन्। नेवारी समुदायमा सगुन प्रदान गर्नु भनेको मनैदेखि स्वागत गर्ने भन्ने बुझिन्छ।

कुनै शुभकार्य गर्नुअघि सुगुन दिनुलाई राम्रो मानिन्छ। यसअघि कांग्रेस र एमालेले पालै पालो जित्दै आएको काठमाडौं ८ मा यस पटक चर्चित उम्मेदवारका रुपमा विराजभक्त रहेका छन्।

२०७९ को निर्वाचनमा उनी १० हजार १०५ मत प्राप्त गरी विजयी भएका थिए। उक्त क्षेत्रका मतदातका माझमा विराजले रास्वपको लहरपछि झनै चर्चा लोकप्रियता र साथ पाइरहेको स्थानीय मतदाता बताउँछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *