बैदेशिक हस्तक्षेप र देशभक्त युवाहरुको भूमिका

बिबश डि सी
६ पुष २०८२ १०:४१
28
Shares

नेपाल एक स्वतन्त्र, स्वाधीन सार्भभौम सत्ता सम्पन्न राष्ट्र हो। जल,जमिन, जंगल,जडिबुटी र बिश्वकै सर्बोच्च शिखर सगरमाथालगायत उच्च हिम शृङ्गखलाहरु तथा अत्यन्तै बहुमुल्य खनिज सम्पदासहित, प्राकृतिक श्रोत, साधन र सम्पदाले भरिपूर्ण प्रकृतिको अनुपम उपाहार हो हाम्रो देश नेपाल।

“यो जन्मँदै जगतमा कैयौं प्रहार आए
साम्राज्य दुइ हारे तर हारेन सान हाम्रो
जंगी निसान हाम्रो!”

पुर्खाहरुको वीरता र बलिदानले लेखिएको अत्यन्तै मर्मस्पर्सी अनि देशप्रेमको भावनाले भरिएको यो उक्ति आफैमा राष्ट्रियता अनि देशभक्तिपूर्ण भावनाको परिचय हो।

नालापानीलगायत थुप्रै किल्ला र गढीहरुमा सम्राज्यबादका शक्तिशाली फौजहरुलाइ केबल ढुंगा, मुढा र नांगा खुकुरीको भरमा धुलो चटाउने वीर बीरंगनाहरु जन्माउने मुलुक हो नेपाल।

त्यसो त २००७ सालको पेरिफेरिबाट भएका थुप्रैआन्तरिक राजनैतिक तथा फौजी संघर्षहरुले जहानिया राणा शासन त कहिले निरंकुश पन्चायती शासन त कहिले सामन्ती निरंकुशताको बिरुद्धमा बिद्रोहको रुपमा सशक्त रुपमा बुलन्द गरिएका घटनालाई नजरअन्दाज गर्न मिल्दैन।

०४६सालको सशक्त जनअन्दोलन

नेपाली युवाहरुले साहास, सौर्य, वीरता र बलिदानका अद्वितीय कृतिमान कायम गर्दै, बहुसंख्यक जनताको सहभागितामा तिब्र र घनिभूत रुपमा करिब दश बर्षसम्म संचालित जनयुद्ध त्यसैको निरन्तरता थियो। जनयुद्ध र जनआन्दोलनको बलमा करिब अढाइ सय बर्षदेखि शासन गरिरहेको निरंकुशताको अन्त्य गर्‍याे र मुलुकले गणतन्त्र, संघीयता, धर्म निरपेक्षता,समाबेसितासहितको एकथान नयाँ लोकतान्त्रिक संबिधान पाउन सफल भयो।

राजनैतिक प्रणाली त फेरियो तर तर सुशासन र सम्मृद्धिकाे जग बस्न सकेन भने नेपाली जनताका आधारभूत समस्या समाधान हुन सकेका छैनन्। बरु अन्तराष्ट्रिय माफिया र बिचौलियाको चलखेलको कारण शिशु गणतन्त्रलाई अपहरण गरेर गणतन्त्रकै मझेरिमा एकछत्र हालिमुहाली गर्दै ब्याबस्थाकै खिल्ली उडाउने कोशिस भइरहेका छन्। ठुला राजनैतिक दलका शीर्ष नेतृत्वकै कारण गणतन्त्रलाई बदनाम गर्दै यो ब्याबस्थालाई नै धरापमापार्ने र असफल बनाउने षड्यन्त्रपनि बेला बखतमा नभएका होइनन्।

त्यतिमात्र होइन छिमेकीहरुको थिचोमिचो अनि राष्ट्रिय स्वाधिनतामाथिको हस्तक्षेपको बिरुद्धमा आफ्नो जीवनको प्रवाह नगरी अग्रज पुर्खाले जोगाइदिएको गौरबशाली इतिहास हेर्दाहेर्दै आज आएर राष्ट्रिय आत्मसमर्पणबादमा बदलिन खोजिरहेको छ।

ठूलो आर्थिक प्रलोभनमा परेर जिम्मेवार सरकारी निकाय अनि शिर्षस्थ नेतृत्वहरुबाटै पटक-पटक राष्ट्रिय स्वाधिनतामाथि गम्भीर आँच आउने सुगौली सन्धी हुँदै माहाकाली ,कोशी, गण्डक, टनकपुर, सुस्ता, महेसपुर जस्ता राष्ट्रहित बिपरीतका सन्धी सम्झौताको मसी सुक्न नपाउदै, बहुसंख्यक नेपाली युवाहरुको प्रतिरोधात्मक संघर्षका आबाजलाइ बुटले कुल्चदै बन्दुकको बलमा मिलेनियम च्यालेन्ज कर्पोरेसन जस्तो राष्ट्रहित बिपरीतको राष्ट्रघाती सन्धी सम्झौताहरुमा निर्लज्ज हस्ताक्षर गर्न सरकारको उच्च नेतृत्व तम्सिनुले हाम्रो राष्ट्रियता कति कमजोर हुँदैछ अनि राष्ट्रिय आत्मासमर्पणवाद कति तीब्रगतिमा हाबी हुँदैछ भन्ने कुराको प्रमाण योभन्दा अरुके हुन सक्छ र?

स्मरण रहोस् एमसीसी परियोजना केही पहुँच वाला नेताको हातमा डलरको खात लगाएर केही लोभी पापी अगुवाहरुको बीचमा कनिका छरेर अन्तत:मुट्ठी दिएर मुरि लुट्ने दाउमा रहेको अमेरिका नेपालको संबिधान र कानुन भन्दापनि माथि रहेर आफ्नो सैन्य तागतसहित नेपाल भित्रिने बैधानिक बाटो खोजिरहेको छ।

त्यतिमात्र होइन आफैमाअस्थिर रहेको भूराजनितिमा थप अस्थिरातासिर्जना गरिदिएर जातीय, धार्मिक र क्षेत्रीय दंगा भड्काएर नेपालीबीच एकआपसमा लडाइँ झगडा गराउने, नेपाललाई बंकर बनाएर चीन र भारतसँग जोरी खोज्ने र हिमालपारी सुतिरहेको सिंहलाई जिस्क्याउने, अन्तत:प्रकृतिको स्वर्ग नेपाललाई रणमैदान बनाउँदै त्यही मौकामा नेपालका बहुमूल्य खनिज तथा सम्पदाहरु कुम्ल्याएर यहाँको राजनीति र अर्थतन्त्रलाई योजनाबद्ध रुपमा डामाडोल बनाएर नेपाललाई इथोपिया, हाइटी, रुवाण्डा, अफगानस्तान कै हालतमा पुर्‍याउने दाउमा छ।

बैदेशिक शक्तिकेन्द्रहरुले हाम्रो कमजोरीबाट कसरी फाइदा लिइरहेका छन् भन्ने बिषय उदाहरण्को रुपमा त दासढुङ्गा हत्याकाण्ड, दरबार हत्याकाण्ड हुँदै परिबर्तमकामी राजनैतिक नेतृत्वको हत्या गरेर नेपालमा परिबर्तनको गतिलाइ रोक्ने,राजनैतिक दलहरुलाई टुक्रा-टुक्रामा बिभाजन गराउने।

अलिक टाठा बाठा र दलाल चरित्र भएका अगुवा, राजनैतिक दलभित्रका विभिन्न त्यसमापनि अलिक अराजक झुण्ड र त्योभित्रका लोभी पापीलाई हातमा लिएर भाडभैलो मच्चाउनु ताकी छिद्रा खोजेर प्वालपार्नु उनीहरुको नित्य कर्मनै हो जस्तो आभाष हुन्छ।

अर्को कुरा दरबार हत्याकाण्ड:

करिब ५/७ हजारको संख्यामा तत्कालीन शाही नेपाली सेना राजा र राजपरिवारको सुरक्षार्थ तैनाथ रहेको राजदरबारभित्र ४/५ जना युवराज दीपेन्द्रहरुले भटटटट गोली चलाएर दीपेन्द्रसहित राजा बीरेन्द्रको बंश नास गरिन्छ। जबकि सुरक्षा ब्याबस्था अत्यन्तै कडा रहेको दरबारभित्र सर्बसाधरण मान्छे त के चरा मुसापनि छिर्न पाउँदैन थिए।

अरु त कल्पनासम्मपनि गर्न सकिँदैन। को थिए ती ४/५ वटा दीपेन्द्रहरु वा दीपेन्द्रको फोटोकपीहरु? आजसम्म पनि त्यो रहस्यमय घटनाको छानबिन किन हुन सकिरहेको छैन? कारण के हो?

तर आम नेपाली जनताले बुझेको कारण यो हो कि राजाहरु मध्य तुलनात्मक रुपमा केही उद्धार र देशभक्त राजा बीरेन्द्रले तत्कालीन माओबादी जनयुद्धलाइ निर्मम रुपमा सैनिक दमन गरेर नेपाली जनता मार्न इन्कार गर्नु अनि शक्तिकेन्द्रहरुसँग झुकेर, उनीहरुको स्वार्थ अनुरुप चलेर राष्ट्र,राष्ट्रियता र नेपाली जनता अनि राष्ट्रियतासँग खेलबाड गर्न नचाहानु, उनीहरुको बुख्याचा बनेर राष्ट्रिय स्वाधिनता र आत्मासम्मानलाई उनीहरुको मुट्ठिमा सुम्पन इन्कार गर्नुको परिणाम राजाको कत्लेआमको तयारी गरियो। योजनाबद्ध रुपमा दीपेन्द्रको अनुहारसँग मिल्ने मार्क्स दीपेन्द्रको नक्कली अनुहार र त्यो रात्रीभोजमा दीपेन्द्रले लगाउने आधिकारिक पोशाक लगायत आबश्यक सामाग्रीहरु दरबारभित्र छिराइयो। दीपेन्द्रले चलाउने प्रकृतिका हतियारहरुको पनि बन्दबस्ती मिलाइयो।

त्यो बेलाको प्रधानमन्त्री तथा मन्त्रिपरिषद, प्रधानसेनापतिलगायत उच्चसुरक्षा निकायहरु अनि दरबार सुरक्षार्थ खटिएका उच्च सैनिक अधिकारिहरु, राजदरबारको सचिवालयमाथि छानबिन हुनुपर्दैन थियो त? तत्कालीन सभामुक तारानाथ राणाभाटले खाली बन्दुक देखाएर भटटटटको प्रतिबेदन पेश गरेपछि सकियाे।

त्यसै गरी केही समय अघि भारतीय जासुसी संष्था रअ का प्रमुख सामन्त गाेयल राति अबेर भारतीय बायुसेनाको बिमानमार्फत काठमाडाैं आए। सिधै बालुवाटार छिरेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग करिब ४/५ घण्टा योजना बनाएर रातिनै फर्किएका थिए।

त्यहाँ भएको बार्तालाभ र बनेका योजनाको बारेमा नेपाली जनतामाझ अझैपनि रहस्यकै रुपमा अनुत्तरित छ। त्यस्तो गम्भीर बिषयमा जनताले सुसूचित हुनपाउने अधिकारलाई किन लुकाइयो? त्यो सुनसान अँधेरी रातमा बालुवाटारको कालो ओडारभित्र पराइ मान्छेसँग के त्यस्तो गोप्य योजना बन्यो? त्यसपछि केपी ओलीले आन्तरिक पार्टी जीवनमा र मुलुक भित्रै के कति बितण्डताहरु मच्चाए?

के हो जेनजी आन्दोलन ?

जेनजी अरु केही नभएर केबल एउटा उमेर समूह मात्र हो। तत्कालीन सरकारको नेतृत्वकर्ताबाट नै मुलुकमा एकपछि अर्को तीब्र गतिमा बढ्दै गइरहेको भ्रष्टचार र बेथितिको भण्डाफोर गर्दै, सुशासन र न्यायको पक्षमा आम संचार र सामाजिक संजालको माध्यमबाट युबाहरुले चलाएको भ्रष्टचार बिरोधी अभियानबाट अत्तालिएर ओली नेतृत्वको सरकारले हठात सामाजिक संजालमाथि प्रतिबन्ध लगायो।

भ्रष्टचार बिरोधी आबाजलाई रोक्न सामाजिक संजाल माथिको हठात प्रतिबन्ध अनि सरकारको उच्चतह बाट संरक्षित भ्रष्टचार त बेतिथिका घटनाहरुको कारण ०८२ भाद्र २३गते युवा आक्रोश सडकमा छताछुल्ल पोखियो। आन्दोलनलाई नियण्त्रणमा लिने बहानामा सरकारले युबा विद्यार्थीको टाउको र छाती ताकी गोली बर्षाउँदा करिब ६ दर्जन युवाहरुको ज्यान गएको घटना इतिहासमा फेरिअर्को कालो दिनको रुपमा दर्ता भैसकेको छ।

इतिहासकै बर्बर र नृसंश हत्याकाण्ड बिरुद्धको प्रतिरोध स्वरुप भाद्र २४ गते पुरै देश सरकार बिरुद्ध आन्दोलित हुनपुग्यो। धमिलो पानीमा माछामार्ने शक्ति त्यही बेला सकृय भयो। आन्दोलनलाई जबर्जस्त हाइज्याक गर्यो। पहलकदमी जेनजी युवाको हातबाट अन्यत्रै गयो। र तीनै कलिला जेनजीलाई मानवीय ढालबनाएर अन्तत: गणतन्त्र, संघीयता र संबिधानमाथि नै धावा बोल्ने हदसम्म पुग्यो परिस्थिति।

अत: बिगतमा मति बिग्रिएर टुक्रा टुक्रा र झुण्ड झुण्डमा बिभाजन हुँदै गइरहेका सम्पूर्ण बामपन्थी, प्रगतिशील,देशभक्त शक्तिहरु एकताबद्ध भएर शक्तिशाली कम्युनिष्ट केन्द्रको निर्माणगरि स्थायी सरकार बनाएर यथाशीघ्र राजनैतिक स्थायित्व कायम गरेर मात्र राष्ट्रियतालाई मजबुद बनाउन सकिन्छ। बिदेशीहरुको बगलीमा रहेको हाम्रो राष्ट्रियता, हाम्रो आत्मा सम्मान अनि हाम्रो राष्ट्रिय स्वाधीनतालाई हाम्रो आफ्नै मन,मसमष्तिष्क अनि हृदयमा राख्न सकियो भने मात्र सुशासन, सम्बृद्धि र प्रगतिको ढोका खोल्न सकिन्छ। अग्रजको रगतको सम्मान गर्न सकिन्छ।

आजको योअबस्थालाई सबैले खुल्ला हृदयले समीक्षा गरौं। अब धेरै ढिला नगरौं। भ्रष्टचार, कुसाशान बेथिती र राष्ट्रिय आत्मासमर्पणबादको बिरुद्धमा भण्डाफोर गर्दै,जल,जंगल,जडिबुटी,खनिज सम्पदा,कृषि र पर्याटनको क्षेत्रलाई भरपुर उपयोग गर्दै, यथाशिघ्र आर्थिक रुपमा आत्मानिर्भर अर्थतन्त्रको बिकास गर्दै सम्बृद्धिको बाटोमा अघि बढौं! सुशासन,सम्बृद्धि,सामाजिक न्यायसहित मजबुद राष्ट्रिय एकताको पक्षमा सम्पूर्ण देशभक्त शक्तिहरु एक होऔं!




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.